४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि

नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि

नेप्से परिसूचक ४३.२९ अंकले वृद्धि
अ+ अ-

काठमाडौँ । साताको अन्तिम कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक ४० अंक भन्दा बढीले वृद्धि भएको छ ।

बुधबार ३०.७५ अंकले गिरावट आएर नेप्से परिसूचक बिहीबार ४३.२९ अंकले बढेर २ हजार ६९२.४७ विन्दुमा पुगेको छ । त्यस्तै सेन्सेटिभ इण्डेक्स ९.१६ अंक, फ्लोट इण्डेक्स ३.०४ अंक र सेन्सेटिभ इण्डेक्स ३.३१ अंक बढेको छ ।

आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता शेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से बढेपनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको थियो ।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ । जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र निर्जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ्ग, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ ।

विहिबार तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। तर, आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ। त्यस्तै एनआईसी एशिया बैंक र नेशनल माइक्रोफाइनान्सको  पनि १० करोडभन्दा बढीको शेयर कारोबार भएको छ ।