१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानून व्यवसायी लिएर निर्वाचन आयोग पुगे रास्वपा महामन्त्री बुर्लाकोटी



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटी निर्वाचन आयोग पुगेका छन् ।

पार्टीको विवरण अद्यावधिक नभएको विषयमा छलफल गर्न भन्दै उनी केही कानून व्यवसायीहरूसमेत लिएर आयोग गएका हुन् ।

रास्वपाले एक वर्षअघि नै पार्टीको विवरण अद्यावधिक गर्न आयोगमा निवेदन दिए पनि आयोगले अहिलेसम्म कार्यान्वयन गरेको छैन । सोहि विषयमा छलफल गर्न आएको बुर्लाकोटीले बताए ।

रास्वपा निस्कासित महामन्त्री डा मुकुल ढकालले आफूमाथि गरिएको कारबाहीविरुद्ध अदालतमा मुद्दा हालेका थिए । उक्त मुद्दा विचाराधिन छ । तर, मुद्दा पर्नासाथ अद्यावधिक गर्ने प्रक्रिया नै रोक्नुपर्ने कुनै कारण नरहेको महामन्त्री बुर्लाकोटीको भनाई छ ।