५ श्रावण २०८३, मंगलवार
,
Latest
मानिस निर्यात गरेर देश बन्दैन, उत्पादित वस्तु निर्यात गर्नुपर्छः प्रधानमन्त्री साह पोखरामा श्रृङ्खलावद्ध चोरीः चार विदेशीसहित ९ जनाको गिरोह पक्राउ बर्डफ्लूको प्रभाव हटेसँगै अण्डाको भाउ बढ्यो, किसानलाई राहत डा देवेन्द्रराज पाण्डेको साधाना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो: राष्ट्रपति पौडेल कर्णालीका सडक पूर्वाधारको अनुगमन गरेर फर्के मन्त्री लम्साल ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता तयारी पोसाक उद्योगको विकास र प्रवद्र्धनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता पर्यटनलाई एकीकृत विकास गर्दै मकवानपुरगढी बाँके जिल्ला प्रहरीमा २१६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओखलढुङ्गामा करेन्ट लागेर एकको मृत्यु



अ+ अ-

ओखलढुङ्गा । चिसङ्खुगढी गाउँपालिका–१ कुइभिरमा करेन्ट लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । यही साउन ३ गते बेलुका करिब १० बजे सोलुखुम्बुका चन्द्र राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नेचासल्याण गाउँपालिका–४ बस्ने अन्दाजी ३० वर्षे राई खोटाङ दिक्तेल जाने क्रममा फुपू चन्द्रमाया राईको घरमा बस्नुभएको थियो । सोही समयमा मेघगर्जनसहित वर्षा भएपछि विद्युत्को एमसिबी चलाउने क्रममा उहाँको करेन्ट लागेको मृत्यु भएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।