काठमाडौं । चार्टड एकाउन्टेन्ट संस्थाले यस वर्षको राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ कृषि विकास बैंकलाई प्रदान गरेको छ ।
संस्थाले प्रत्येक वर्ष उत्कृष्ट बैंकलाई यो सम्मान प्रदान गर्दै आएको हो ।
यस वर्ष कृषि विकास बैंक लिमिटेड सिल्भर अवार्ड प्राप्न गर्न सफल भएको हो ।
इन्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स अफ नेपालले गरेको कार्यक्रममा कृषि विकास बैंक लिमिटेडलाई सिल्भर अवार्ड प्रदान गरिएको हो ।
महालेखापरीक्षक तोयम रायाले बैंकलाई अवार्ड हस्तान्तरण गरे ।
कृषि बिकास बैंक नेपालको एक अग्रणी बैंक हो । बैंकका ७७ जिल्लामा २१ लाख भन्दा बढी निक्षेपकर्ता रहेका छन् ।










