१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद प्रतिनिधिसभाः दुई सांसदले उठाउनुभएको प्रश्नको जवाफ दिन सभामुखद्वारा सरकारलाई निर्देशन चितवनमा बङ्गलादेशी फोटो पत्रकार टोलीलाई स्वागत बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक प्रतिनिधि सभामा पेश बाध्यताले नभई अवसरका लागि मात्र विदेश जाने वातावरण बनाउँदैछौँः श्रममन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरका पूर्वप्रमुख बुद्धिराज बज्राचार्यको निधन



अ+ अ-

काठमाडौं । ललितपुर महानगरपालिकाका पूर्वप्रमुख तथा पूर्वमन्त्री बुद्धिराज बज्राचार्यको निधन भएको छ ।

बज्राचार्यको शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो ।

बज्रचार्य २०२७ सालमा तत्कालीन ललितपुर नगरपालिका वडा नंं. १७ को वडाध्यक्ष हुनुभयो । २०३२ सालमा पहिलोपटक ललितपुर नगरपालिकाको प्रधानपञ्च निर्वाचित भएर उहाँले लगातार ११ वर्ष काम गर्नुभयो ।

२०४६ सालमा पुन: प्रजातन्त्र आएपछि एमालेबाट २०५४ देखि २०५९ सालसम्म ललितपुरको नगरप्रमुखको रुपमा जिम्मेवारी पूरा गर्नुभयो । २०६० सालमा तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट पुन: नगरप्रमुख मनोनीत हुनुभएका वज्राचार्य तत्कालीन राजा ज्ञानेन्द्र शाहबाट मनोनीत भएर २०६० सालमा ललितपुरको नगरप्रमुख हुनुभयो ।

२०६१ सालमा राजा ज्ञानेन्द्रले अफ्नै नेतृत्वमा गठन गरेको मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री नियुक्त समेत हुनुभयो ।

बज्राचार्यको श्रीमती, २ छोरा र १ छोरी छन् । बज्राचार्यका कान्छा छोरा अमेरिकाबाट आज अन्तिम श्रद्धाञ्जली अर्पण गरी सतगत गरिने बताइएको छ ।

त्यसअघि पार्थिव शरीरलाई विहान निवासमा र त्यसपछि बौद्ध विहारमा श्रद्धाञ्जलीका लागि राखिने परिवार स्रोतले जनाएको छ ।