१९ मंसिर २०८२, शुक्रबार
,
Latest
एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्याको बाटोमा पोलिटब्यूरो बैठकले लगाएको ब्रेक !



अ+ अ-

काठमाडौं । गत ३१ असार (मगलबार) पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित ७५ औं मदन जयन्तीको मूल व्यवस्थापन समिति घोषणा कार्यक्रममा पार्टी भित्र आफ्नो भूमिका बारेमा खुलस्त कुरा राख्नु भएको थियो ।

कार्यक्रममा उहाँले आफनो बिषयमा पार्टीले के निर्णय गर्छ भन्दै प्रतिक्षा गरिरहेको बताउनु भएको थियो । भण्डारीले आफू एमाले आन्दोलनमा फर्किइसकेकाले कहाँ, कसरी जिम्मेवारी दिने भन्ने कुरा पार्टीको विषय भएको बताउनुभयो ।

यो पनि पढ्नुहोस- एमालेको निष्कर्ष: भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन

पार्टी सदस्यता नबिकरण गरेको जानकारी दिदै उहाँले भन्नुभएको थियो -“पार्टीभित्रको कुन संरचनामा के भूमिका हुने भन्ने कुरा चाहिँ पार्टीको माथिल्लो तहको नेतृत्वले निर्णय गर्छ। महाधिवेशन नहुञ्जेल केन्द्रीय कमिटी नै सर्वोच्च अंग हुन्छ। कमिटीले के निर्णय गर्छ, कस्तो जिम्मेवारी दिन्छ, त्यसमा भर पर्छ । विधानत: दसौं महाधिवेशनका प्रतिनिधिहरूले नै यो विधान महाधिवेशनमा भाग लिने हो। तर नयाँ प्रतिनिधि पनि थपिएका छन्। केन्द्रीय कमिटीमा पनि सदस्य थपिएका छन्। कतिपय मनोनीत हुनुभएको छ। उहाँहरू सबै दसौं महाधिवेशनका प्रतिनिधिहरू हुनुहुन्थ्यो कि हुनुहुन्थेन ? त्यो पार्टीले छलफल गर्ला। अघिल्लो महाधिवेशनमा जिल्ला कमिटीबाट धेरैले भाग लिनुभएको छ ।”

उहाँले अगाडी भन्नुभयो -“अहिले अधिवेशन भएका छन्। जिल्ला अधिवेशनबाट अहिले आएको नेतृत्व दसौं महाधिवेशनका प्रतिनिधि थिए कि थिएनन्रु त्यो पनि पार्टीले त्यसमा छलफल गर्छ होला। केन्द्रीय कमिटीले केही निर्णय गर्छ होला। जनसंगठनहरूको बीचमा धेरै अधिवेशन, सम्मेलन भएका छन्, नयाँ आएकाहरूको प्रतिनिधित्व कसरी हुन्छ ? छुटेकाहरूले महाधिवेशनमा प्रतिनिधिका रूपमा कसरी आउने ? यो सबै विषय केन्द्रीय कमिटीको छलफलको विषय हुनेछ।”

यो पनि पढ्नुहोस- विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीको निर्णयमा भर पर्छ: एमाले नेतृ भण्डारी

उहाँले भन्नुभयो- “मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ, त्यो केन्द्रीय कमिटीमै भर पर्ने कुरा हो। प्रतिनिधि वा आमन्त्रित सदस्यका रूपमा, कसरी उपस्थित गराउनु हुन्छ, यसमा मेरो यही गर्नुपर्छ भन्ने छैन। तर समग्रमा देशभित्र पार्टीले जसरी जनताको तहमा काम गरिराखेको छ, त्यो तहको प्रतिनिधि गराउने कुरामा केन्द्रीय कमिटीले छलफल गरेर एउटा धारणा बनाउने छ भन्ने विश्वास छ।

तर शुक्रवार र शनिवार केन्द्रीय कार्यालय च्यासलमा बसेको पोलिटब्यूरो बैठक उहाँलेका अपेक्षा भन्दा फरक निर्णय गरेको छ । भण्डारीले सदस्यता नबिकरण भै सकेकाे जनाएपनि पोलिटब्यूरो बैठकले ‘नबिकरण’ नभएको ‘होल्ड’मा रहेको जनाएको छ ।

यो पनि पढ्नुहोस- राजनीतिको मैदानमा विद्या भण्डारी : पार्टीलाई नेतृत्व दिने कुरामा कुनै सन्देह छ र ?

पार्टीको पोलिटब्यूरो बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नविकरण पेण्डिङमा रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘विधानको धारा ८ ले स्वेच्छाले राजीनामा दिएर गइसकेको व्यक्ति राष्ट्रपति पद हुनका लागि आफूले पार्टी सदस्यता त्याग गरेर गएको व्यक्तिको पार्टीको सदस्यता पुन: नविकरण गर्ने प्रक्रिया विधानको धारामा आकर्षित छ । अर्को कुनै ठोस प्रक्रिया नभए नयाँ प्रक्रियाबाट आउनुपर्ने तर्फबाट पनि ध्यानाकर्षण भएको छ । यसमा विभिन्न कोणबाट छलफल भएको छ । अहिले निष्कर्षमा पुगेका छैनौँ । स्वेच्छाले राजीनामा दिएपछि पुन: आउने कुरा र पार्टीले काममा खटाएको व्यक्ति पुन: काममा आउने कुरा भन्ने विषयमा गम्भीरतापूर्वक छलफल भइरहेको छ । उचित समयमा निर्णय लिन्छ । नविकरण पेण्डिङ अवस्थामा छ । धारा ८ र ९ आकर्षित भएको छ । स्थगन अवस्थामा छ ।’

उहाँले बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय हुने विषयमा गम्भीरतापूर्वक छलफल भएको र ठोस निष्कर्षमा नपुगेको बताउनु भयो ।

अधिकांश नेताहरुले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा सक्रिय हुनेकुरा गम्भीर भएकाले पार्टीले उचित समयमा निर्णय गर्ने निष्कर्ष निस्किएको बताउनु भयो । तत्काल पार्टी अध्यक्ष बनाएर जानेकुरामा सकारात्मक नरहेको निष्कर्ष निकालेको छ ।

बिगतमा एकै कित्तामा रहनु भएका भण्डारी र अध्यक्ष केपी ओली बिच पछिल्लो समयमा बढेको टकराबले एमालेमा फेरी दुईधारा स्थापित भएको छ । बर्तमान नेतृत्व प्रति गुम्सिएका आबाज मुखरित हुन थालेको छ ।

बिगतमा फरक मत राख्ने वा असहमति जनाउनेहरु कि पार्टीमा कमजोर भूमीकामा रहेको वा बाहिरिएको अबस्थामा यस पटक पनि सोहि प्रकरण नदोहोरिएला भन्न सकिन्न ।