३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी

विधान महाधिवेशनमा मेरो भुमिका केन्द्रिय कमिटीको निर्णयमा भर पर्छः एमाले नेतृ भण्डारी
अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विधान महाधिवेशनमा आफ्नो उपस्थिति पार्टीको केन्द्रिय कमिटीले गरेको निर्णयका आधारमा हुने बताउनुभएको छ ।

मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

पार्टीको विधान महाविधेशन नजिकिरहेको बारेमा कसरी सहभागिता जनाउनुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा पूर्वराष्ट्रपति एवं एमाले नेतृ भण्डारीले केन्द्रिय कमिटीको निर्णयमा भर पर्ने बतउनु भयो । प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी बोलाउँछ केन्द्रिय कमिटीले भन्नेकुरामा निर्भर रहने उहाँको भनाइ छ ।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘मेरो उपस्थिति उहाँहरुले कसरी गराउनु हुन्छ ? त्यो केन्द्रिय कमिटीमै भर पर्ने कुरा हो । विधान महाधिवेशनको सन्दर्भमा उहाँहरुले मलाई प्रतिनिधिको रुपमा वा आमन्त्रित सदस्यको रुपमा कसरी गराउनुहुन्छ, त्यो हो । यसमा यही गर्नुपर्छ भन्ने छैन । तर समग्रतामा देशभित्र पार्टीले जसरी जुन जनताको तहमा काम गरिरहेको छ, त्यो तहको प्रतिनिधित्व बढाउने तहमा केन्द्रिय कमिटीले छलफल गरेर एउटा धारणा बनाउनेछ ।’

पूर्वराष्ट्रपति एमालेबाट अब पुनः सक्रिय भएर देशको सेवा गर्ने अठोट लिएको बताउनु भयो । आफू पार्टीभित्रको कुन संरचनामा के भुमिका हुने भन्नेकुरा पार्टीको केन्द्रिय कमिटीको निर्णयअनुसार भर पर्ने बताउनु भयो ।