१२ श्रावण २०८३, मंगलवार
,
Latest
उद्योगी शेखर गोल्छा १ करोड धरौटीमा रिहा कर्णालीको मुख्यमन्त्री पदमा नेता शाहीको दाबी पेस धनगढीमा ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ को तयारी भारतद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई भ्रमणको निम्तो सञ्चारमन्त्री डा तिमिल्सिना र एनआरएनए प्रतिनिधिबीच भेटवार्ता : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा… राधिका दासीद्वारा निष्पक्ष छानबिनको माग, न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गर्दै एमालेको सरकारलाई आग्रह लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीद्वारा सामूहिक राजीनामा सिन्धुली बहुमुखी क्याम्पसका विद्यार्थीले सञ्चालनमा ल्याए ‘रक्तसेवा डटकम’ पूर्वी जिल्लाका घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

विविध विधाका कृतिलाई अनेसास पुरस्कार



अ+ अ-

काठमाडौँ। अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले विविध विधामा प्रकाशित कृतिलाई पुरस्कृत गरेको छ । भर्चुअलमाध्यमबाट आज भएको अनेसासको वार्षिक साधारणसभा एवं २१२औँ भानु जयन्ती समारोहमा अनेसासले विभिन्न विधाका कृतिलाई पुरस्कृत गरिएको हो ।

सबैभन्दा ठुलो अमेरिकी डलर दुई हजार १०० राशीको अनेसास सर्वाेत्कृष्ट पुस्तक पुरस्कार रोशन थापा नीरवको ‘सन्त्रासको साठी दिन’ लाई प्रदान गरिएको छ ।

यस्तै, अनेसास राष्ट्रकवि सर्वाेत्कृष्ट काव्य पुरस्कार कृसु क्षेत्रीको ‘पसिनाको क्यानभास’, अनेसास सर्वाेत्कृष्ट निबन्ध पुरस्कार मोमिला जोशीको ‘प्रश्नहरू त बाँकी नै रहन्छन्’, अनेसास सर्वाेत्कृष्ट कथा पुरस्कार कृष्ण कुसुमको कथा सङ्ग्रह ‘पाश्र्व ध्वनि’, अनेसास सर्वोत्कृट समालोचना दर्शन तथा संस्कृती पुरस्कार डा दुर्गाबहादुर घर्तीको ‘सास्कृतिक अध्ययन’, र सर्वाेत्कृष्ट उपन्यास पुरस्कार अखण्ड भण्डारीको ‘बोरा’ लाई प्रदान गरिएको छ ।

यसैगरी अनेसास सर्वाेत्कृष्ट लोकसाहित्य पुरस्कार शशिराम कार्कीको ‘रुकुमका लोककथा’, अनेसास सर्वाेत्कृष्ट गीत गजल पुरस्कार लक्ष्मण सिटौलाको गीति सङ्ग्रह ‘धर्तीको ध्वनि’, अनेसास सर्वाेत्कृष्ट बाल साहित्य पुरस्कार विमला ढुङ्गाना निरौलाको ‘यात्रामा देश’, अनेसास सर्वोत्कृष्ट डायस्पोरा काव्य पुरस्कार जगन्नाथ पौडेलको कविता सङ्ग्रह ‘बग्दा बग्दै’ र अनेसास सर्वाेत्कृष्ट डायस्पोरा वाङ्ममय पुरस्कार तुलसी आचार्यको उपन्यास ‘स्वप्न भूमि’ लाई प्रदान गरिएको छ ।

यी पुरस्कारको राशी अमेरिकी डलर पाँच सयदेखि १५०० सम्म रहेको छ । पुरस्कार छनोट समितिका सदस्य सन्ध्या पहाडीले विश्वभरबाट छनोट गरिएका दुई सयभन्दा बढी कृतिमध्ये पहिलो र दोस्रो चरणमा गरी उल्लेखित ११ कृतिलाई पुरस्कृत गर्न समितिले सिफारिस गरेको बताउनुभयो । सोही सिफारिसअनुसार अनेसासको कार्यसमितिले पुरस्कार प्रदान गर्ने निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।

अनेसासले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अन्तरराष्ट्रिय क्षेत्रमा प्रचारप्रसारका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । यसै क्रममा विगत लामो समयदेखि स्वदेश तथा विदेशबाट नेपाली भाषामा प्रकाशित कृतिहरू संकलन गरी हरेक दुई वर्षमा पुरस्कृत गरिँदै आएको अनेसासले जनाएको छ । रासस