२२ भाद्र २०८३, सोमबार
,
Latest
‘जेन्जीआन्दोलका सहिदको सुशासन र भ्रष्टाचार अन्त्यको सपना पूरा होस’ बाढीमा परी निधन भएकाको सम्झनामा पशुपतिनाथ क्षेत्रमा दीप प्रज्वलन रसुवा बाढीः १,३५६ जनाको मृत्यु, मनोसामाजिक परामर्शका लागि १५० बढी स्वास्थ्यकर्मी परिचालन चिनियाँ उद्यमी संघद्वारा बाढीपहिरो पीडितका लागि ४५ लाखभन्दा बढी सहयोग सरकारी कुरियर सेवाका रुपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’ भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता नेपाल राष्ट्र बैंकद्वारा एक करोड ३८ लाख रकम सहयोग कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक भोलि नेपाल प्रिमियर लिगको तेस्रो संस्करणका मिडिया र टिकटिङ अधिकार बिक्री रसुवा बाढीका २१ घाइते त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेरबहादुर तामाङको दाबीः बैठकमा कुनै नेताहरुबीच भनाभन भएको छैन



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता शेरबहादुर तामाङले पार्टीमा आफ्ना धारणा राख्न कुनै बन्देज नरहेको बताउनुभएको छ । शनिवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पोलिटब्युरो बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले बैठकमा नेताहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको दाबी गर्नुभयो । पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही नेताहरुलाई कारबाही गरेपनि आत्मालोचनापछि पार्टीमा फर्किसकेको बताउनु भयो । बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन नभएको पनि दाबी गर्नुभयो । प्रश्तावित पार्टी विधानमा तीन जना उपाध्यक्ष रहने र वरिष्ठ उपाध्यक्ष नराख्ने प्रश्ताव रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बैठकमा सदस्यहरुले आफ्नो दृष्टिकोण भरपूर रुपमा स्वतन्त्र भएर राख्नुभएको छ । त्यहाँ कुनै बन्देज छैन । विगतका कतिपय एक दुई वटा घटनाहरुमा पार्टीमा रहेर पनि पार्टीलाई आलोचना गर्ने, निरन्तर पार्टीको आलोचना गर्ने कारणले केही साथीहरु पार्टी भन्दा बाहिर रहनु पनि भयो । केही साथीहरु आत्मालोचना गरिसकेपछि पार्टीले पुनः स्वीकार गरिसकेको छ । अमुक केही घटनाहरुलाई लिएर एमालेभित्र अब वाक स्वतन्त्रता, पार्टीमा दृष्टिकोण राख्ने कुरैमा बन्देज छ भन्नेकुरा बाहिर जुन चर्चा भएको छ, त्यो सत्यता होइन । एमालेको बैठकमा कुनै सदस्यहरुको बीचमा कुनै भनाभन भएको छैन । हामी सौहाद्रपूर्ण रुपमा दृष्टिकोण राखिरहेका छौँ । उपाध्यक्ष तीन मात्रै रहने प्रश्ताव छ, वरिष्ठ उपाध्यक्ष रहने प्रश्ताव छैन ।’

नेता तामाङले उमेर हद क्रियाशिलतामा आधारित हुने भएकाले उमेर पुग्नसाथ उसको क्रियाशिल कम हुने भन्ने नरहेको बताउनु भयो ।