५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः जीवन परियार



अ+ अ-

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ ।

सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औं दिन भएको बताउनु भयो । उहाँले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम शुरु गरेको बताउनु भयो । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज समितिको बैठक शुरु भएको १२ औं दिन हो । प्रतिनिधि सभाबाट समिति गठन भएको १३ औं दिन हो । १८ औं बैठक सम्पन्न गरिसकेका छौँ । विगतमा कामहरु कसरी अघि बढाएका थियौँ, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेका छौँ । हामीले विज्ञहरुको पनि निर्णय लिनेगरी काम अघि बढाएका छौँ । जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ । महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग पु¥याउन आग्रह गरेका थियौँ । सोही बमोजिम उहाँहरु आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ ।’

उहाँले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताउनु भयो । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।