२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः जीवन परियार

कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन जारी छ, धेरै कामहरु सम्पन्न भइसकेः जीवन परियार
अ अ+ अ-

काठमाडौँ । सङ्घीय निजामती सेवा विधेयकको कुलिङ अफ पिरियडमा भएको तोडमोडबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले विज्ञहरुलाई राखेर अनुसन्धान अघि बढाएको छ ।

सिंहदरबारमा शनिवार बसेको बैठकले विज्ञको रुपमा संविधानविद् काशिराज दाहाललाई समितिमा राखेर छानविन प्रक्रिया अघि बढाएको हो । बैठकपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै समितिका संयोजक जीवन परियारले आज १२ औं दिनको १८ बैठक बसेको र आज समिति गठन भएको १३ औं दिन भएको बताउनु भयो । उहाँले विगतमा कसरी र के काम भए, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा बैठकमा छलफल भएको जानकारी दिनुभयो । समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजको बैठकदेखि समितिमै राखेर काम शुरु गरेको बताउनु भयो । आजको बैठकमा महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता र एक जना उपन्यायाधिवक्तासमेत बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग गर्नका लागि बोलाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज समितिको बैठक शुरु भएको १२ औं दिन हो । प्रतिनिधि सभाबाट समिति गठन भएको १३ औं दिन हो । १८ औं बैठक सम्पन्न गरिसकेका छौँ । विगतमा कामहरु कसरी अघि बढाएका थियौँ, बाँकी कामहरु कसरी अघि बढाउने, छानविनका क्रमहरु कसरी अघि बढाउने भन्नेबारेमा छलफल गरेका छौँ । हामीले विज्ञहरुको पनि निर्णय लिनेगरी काम अघि बढाएका छौँ । जसमा समितिले निर्णय गरेअनुसार संविधानविद् काशिराज दाहाललाई विज्ञको रुमपा आजदेखि समितिमै बस्नेगरी तयारी गरेका छौँ । महान्यायाधिवक्ताको कार्यालयलाई पत्राचार गरेर एक जना सहन्यायाधिवक्ता आउनुभएको छ भने एक जना उपन्यायाधिवक्तासमेत हाम्रो बैठकमा निरन्तर रहने गरी छानविनमा सहयोग पु¥याउन आग्रह गरेका थियौँ । सोही बमोजिम उहाँहरु आजको बैठकमा सहभागी हुनुहुन्छ । छलफल जारी छ, सोधपुछ भइरहेको छ । धेरै कामहरु सम्पन्न गरिसकेको अवस्था छ ।’

उहाँले बैठकमा अनुसन्धानको काम जारी रहेको र धेरै कामहरु सम्पन्न भइसकेको अवस्था रहेको बताउनु भयो । समिति गठन भएको मितिले २१ दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्न समितिलाई कार्यादेश दिइएको छ ।