७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन News Polar पत्रकार महासंघलाई सञ्चारमन्त्रीको कटाक्ष–‘ठेक्का लिएको संस्थाले पत्रकारिता क्षेत्र जोगाइदिएको भए निकै माथि उठिसक्थ्यो’ News Polar भारी वर्षाको जोखिममा सरकारको तयारी : बाढीको अवस्था घण्टा–घण्टामा अपडेट गरिने

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन
अ+ अ-

मध्यविन्दु, (नवलपरासी) । यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०ले आर्थिक वर्ष २०८१र८२ मा २८ करोड ४५ लाख ८७ हजार ९८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा कार्यालयको राजस्व सङ्कलन अघिल्लो आव कै हाराहारीमा भएको यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०का प्रमुख सुरेश जैसवालले बताउनुभयो ।

“गत आवमा सवारी साधन कर सङ्कलन बापत २२ करोड ८७ लाख ९६ हजार ७४८ रुपैयाँ, सवारी चालक अनुमति पत्र एवं सवारी दर्ता किताब बापत ५०० करोड १५ लाख १६ हजार ५५ रुपैयाँ, यातायात क्षेत्रको आम्दानी राजस्व शीर्षकमा ३१ लाख ६६ हजार ५०० रुपैयाँ र अन्य प्रशासनिक सेवा शुल्क बापत ११ लाख दुई हजार ३५० रुपैयाँ राजस्व सङ्कलन भएको छ”, उहाँले भन्नुभयो ।

गत आर्थिक वर्ष यातायात व्यवस्था कार्यालय९नवलपरासी बर्दघाट सुस्तापूर्व०मा विभिन्न प्रकृतिका एक हजार ४१४ वटा सवारी जाँच पास गरिएको छ । त्यसैगरी यस कार्यालयबाट आव २०८१–८२ मा सवारी चालक अनुमति पत्रका लागि नौ हजार ९७५ जनाले लिखित परीक्षामा सहभागी भएको प्रमुख जैसवालले जनकारी दिनुभयो ।

“गत आवमा सवारी चालक अनुमतिको ट्रायल परीक्षामा २० हजार २६० जनाले दिएका छन्”,उहाँले भन्नुभयो,“यहीँ अवधिमा तीन हजार ५४ वटा सवारी चालक अनुमति पत्र नवीकरण गरिएको छ ।”

यातायात व्यवस्था कार्यालयले कर सङ्कलनलाई व्यवस्थित र प्रभावकारी बनाउन विशेष अभियान नै सञ्चालन गरेको कार्यालय प्रमुख जैसवालले बताउनु भयो । यो अभियान अन्तर्गत बिल बुक नवीकरण, जाँच पास, रुट परमिट तथा सवारी चालक अनुमति पत्रको चेकजाँचलाई विशेष प्राथमिकता दिइएको थियो । अभियानको सकारात्मक प्रभावको रूपमा चैत महिनामा मात्र चार करोड ८० लाख २५ हजार ६२५ रुपैयाँ राजस्व सङ्कलन भएको उहाँले बताउनुभयो ।

सेवाग्राहीलाई सहज सेवा प्रदान गर्न यातायात कार्यालयले विशेष व्यवस्था गरेको सूचना अधिकारी टेक नारायण तिवारीले बताउनुभयो । कर तीर्न आउने सेवाग्राहीको भीडलाई व्यवस्थित गर्न अतिरिक्त कर्मचारी खटाइएको तिवारीले जनकारी दिनुभयो ।

“सेवा लिने क्रम छिटो होस् भन्ने उद्देश्यले छुट्टै काउन्टरको व्यवस्था गरिएको छ” उहाँले भन्नुभयो, “कर तिर्दा आवश्यक पर्ने कागजात तथा अन्य जानकारी सहजै उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।”

गत आर्थिक वर्ष २०८०/८१ मा यातायात व्यवस्था कार्यालय नवलपरासी९बर्दघाट सुस्तापूर्व०ले ३० करोड ३५ लाख ५३ हजार ९५३ रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । रासस