१५ भाद्र २०८३, सोमबार
,
Latest
समानान्तर ग्रुपद्वारा बाढीपीडितका लागि ६३ लाख ३७ हजार सहयोग चेम्बरद्वारा विपद्को समयमा जिम्मेवार भएर व्यापार-व्यवसाय गर्न अपिल भोटेकोशी बाढीः शव पहिचानका लागि डिएनए परीक्षण प्रक्रिया सुरु पहिरोमा ज्यान गुमाएकाहरूको शान्तिको कामना गर्दै स्वयम्भूमा परित्राण पाठ तथा दीप प्रज्ज्वलन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको एक करोड एक लाख सहयोग नुवाकोटबाट त्रिशूलीसम्मको सडक सञ्चालनमा राहत कोषको नाममा नक्कली खाता र क्यूआर बनाएर ठगी, सतर्कता अपनाउन राष्ट्र बैंकको आग्रह रसुवा बाढीका कारण ‘एशियन प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२६’ भदौ २८ मा सारियो रवि लामिछानेद्वारा राष्ट्रपति पौडेललाई बाढीपछिको उद्धार र राहतबारे ब्रिफिङ बाढी प्रभावित क्षेत्रमा टेलिकमको सेवा पुनःस्थापना तीव्र, ११० साइट सुचारु
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीरेन्द्रनगरबाट चाइनिज पेस्तोल र १४ सय बढी लागूऔषध ट्याब्लेट बरामद



अ+ अ-

सुर्खेत । सुर्खेत प्रहरीले हतियार, लागूऔषध र प्रतिबन्धित वन्यजन्तुको सिङसहित दुई युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–८ निवासी २३ वर्षीय विधान शाही र २२ वर्षीय आदित्य घिमिरे रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले शुक्रबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो।

प्रहरी उपरीक्षक सुधीरराज शाहीका अनुसार बिहीबार राति ९ बजेतिर वीरेन्द्रनगर–८ को कृष्ण मन्दिर नजिक रहेको एक घरमा विशेष सुराकीका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट एक थान सेमी–अटोमेटिक चाइनिज पेस्तोल, त्यसमा प्रयोग हुने दुई थान म्यागजिन, १२ राउन्ड गोली, चार थान खुकुरी, दुई थान चक्कु, एक थान बन्चरो र स्टिल स्टिक फेला परेको छ।

त्यस्तै, प्रहरीको बयान अनुसार लागूऔषधका रूपमा १,४२६ थान ट्रामाडोल र नाइट्राजेपाम ट्याब्लेट पनि बरामद गरिएको छ। साथै प्रतिबन्धित वन्यजन्तु जरायोको एक थान सिङसमेत बरामद भएको छ।

एक स्थानीय बासिन्दाले प्रहरी कन्ट्रोल रुममा टोलमा शंकास्पद गतिविधि भइरहेको र युवाहरूले हतियार र लागूऔषधको कारोबार गरिरहेको सूचना दिएपछि प्रहरी टोली खटिएको थियो। सोही आधारमा सञ्चालन गरिएको ‘अपरेसन’ सफल भएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, उनीहरूले ती हतियारहरू व्यक्तिगत सुरक्षा र अन्य समूहसँगको झगडाका लागि राख्ने गरेका थिए। थप अनुसन्धानमा विधान शाही विगतमा ज्यान मार्ने उद्योगअन्तर्गत फरार अभियुक्त रहेको पत्ता लागेको छ। उनीमाथि २०७८ साल भदौमा नीरज श्रेष्ठमाथि खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दर्ता भइसकेको थियो, तर उनी फरार थिए। उक्त घटनामा संलग्न अन्य तीन जना भने पहिले नै पक्राउ परिसकेका थिए।

प्रहरीले पक्राउ परेका दुवैजनामाथि लागूऔषध कारोबार, अवैध हतियार राखेको र वन्यजन्तु अपराधसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको जनाएको छ। उनीहरूले नेपालगञ्ज सीमावर्ती क्षेत्रबाट लागूऔषध ल्याई सुर्खेतमा महँगोमा बेच्ने गरेको प्रारम्भिक रूपमा खुलेको प्रहरीले जानकारी दिएको छ।