५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोल्डप्लेको कन्सर्टमा सहकर्मीसँग देखिए एस्ट्रोनोमरका सीईओ एन्डी बायर्न



अ+ अ-

एजेन्सी । अहिले बोस्टनमा आयोजित कोल्डप्ले कन्सर्टको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियो डेटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ एन्डी बायर्नको हो ।

जब कन्सर्टको ‘किस क्याम’ एन्डी बायर्न मा जुम इन भयो त्यतिबेला उनी आफ्ना सहकर्मी क्रिस्टिन क्याबोटसँग अँगालो हालिरहेको देखिन्छ । आफुहरु सार्वजनिक भएको थाहा पाउने बित्तिकै क्रिस्टिन र एन्डीले आफ्नो अनुहार लुकाउछन् ।

किस क्याममा दुई जनालाई देखेर कोल्डप्लेका मुख्य गायक क्रिस मार्टिनले भने, ‘या त उनीहरू दुवै धेरै लजालु छन् या त उनीहरूको अफेयर चलिरहेको छ।’  यो भिडियो अहिले इन्टरनेटमा भाइरल भएको छ।

बास्तवमा, एन्डी बायर्न डाटा सफ्टवेयर स्टार्टअप एस्ट्रोनोमरका सीईओ हुन् । उनी विवाहित छन् र उनका दुई बच्चाहरू छन् । तर, उनको श्रीमती भिडियोमा देखिएका सहकर्मी क्रिस्टिन भने होईनन् ।

बायर्नकी श्रीमती मेघन क्यारिगन हो ।आफ्नो पतिको कम्पनीको एचआरसँगको भिडियो भाइरल भएपछि मेघनले सामाजिक सञ्जाल प्लेटफर्महरूमा आफ्नो नामबाट आफ्नो बायर्नको नाम हटाइन् । यति मात्र नभएर उनले आफ्नो एकाउन्ड डिलेट गरेकी छिन् ।

क्रिस्टिन क्याबोट नोभेम्बर २०२४ मा एस्ट्रोनोमरमा एचआर तथा प्रमुख जनअधिकार अधिकृत (चीफ पीपल अफिसर) को रूपमा सामेल भएकी थिईन् । उनी कम्पनीको मानव संसाधन विभागकी प्रमुख हुन् । केही मिडिया रिपोर्टका अनुसार उनले केनेथ थोर्नबीसँग विवाह गरेकी थिइन् । यद्यपि, २०२२ मा उनीहरूको सम्बन्धविच्छेद भयो।