३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोस्रो विश्वयुद्धको जापानी युद्धपोत सोलोमन टापुबाट फेला



अ+ अ-

एजेन्सी । एक अन्तर्राष्ट्रिय अनुसन्धान टोलीले युद्धको अन्त्यको ८०औँ वार्षिकोत्सव नजिकिँदै गर्दा सोलोमन टापुहरूको गहिरो समुद्री सतहमा दोस्रो विश्वयुद्धको जापानी विध्वंसक पोत फेला पारेको छ ।

अमेरिकी गैर–नाफामुखी ओसियन एक्सप्लोरेसन ट्रस्टको टोलीले अस्ट्रेलियाको उत्तरपूर्वमा रहेको सानो टापु राष्ट्रको नजिक आठ सय मिटर (दुई हजार छ सय २५ फिट) भन्दा बढी गहिराइमा इम्पेरियल जापानी नौसेनाको विध्वंसक तेरुजुकी फेला पारेको छ ।

भग्नावशेषको भिडियो तस्बिरले सन् १९४२ मा अमेरिकी सेनाले टारपिडो प्रहार गरेको एक सय ३४ मिटर ९चार सय ४० फिट० तेरुजुकीका केही भागहरू देखाउँदछ । यसलाई अनुसन्धान टोलीको पानीमुनि ड्रोनको बत्तीले उज्यालो पारिएको थियो ।

फुटेजमा जहाजको संरचनामा रातो रङ, क्षय भएका बन्दुकका नालहरू र युद्धपोतको विशाल पछाडिको भाग देखाइएको छ ।

सन् १९४२ मा कमिसन गरिएको तेरुजुकीलाई हवाई आक्रमणहरूबाट विमानवाहक पोतहरूलाई सुरक्षा प्रदान गर्नका लागि डिजाइन गरिएको अन्वेषण समूहले बताएको छ ।

यद्यपि तेरुजुकीलाई सेवामा आएको केही महिनामै अमेरिकी टारपिडोले प्रहार गरेको थियो । तेरुजिकीको अर्थ जापानी भाषामा ‘चम्किलो चन्द्रमा’ हो ।

ओसन एक्सप्लोरेसन ट्रस्टका अनुसार टारपिडोको आक्रमणबाट नौ नाविकको मृत्यु भए पनि अधिकांश चालक दलका सदस्यहरू बाँचेका थिए ।

तेरुजुकीको पछाडिको भाग हलबाट दुई सय मिटर (छ सय ६० फिट) भन्दा बढी टाढा फेला परेको थियो र उच्च–रिजोल्युसन सोनार स्क्यानद्वारा पत्ता लगाइएको थियो ।

अज्ञात जहाज भग्नावशेष वा अन्य वस्तुहरू फेला पार्ने आशामा टोलीले क्षेत्रको सर्वेक्षण गर्न ड्रोन प्रयोग गर्दा यो खोज गरिएको थियो ।