७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar नागरिक लगानी कोषलाई समयानुकूल बनाउन सरकार प्रतिवद्धः कार्यवाहक प्रधानमन्त्री वाग्ले News Polar नागरिक लगानी कोषको ४९ प्रतिशत रकम स्थिर निक्षेपमा राखिनु चिन्ताको विषय : सांसद बराल News Polar सातवटै प्रदेश अधिवेशनमा जुट्यो राप्रपा, असोज २१ गते एकैदिन प्रदेशको अधिवेशन गर्ने News Polar जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस News Polar ११ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ News Polar विमानस्थलबाट चुरोट तथा सुर्तीजन्य पदार्थ बरामद News Polar विदेशमा रहेका नेपालीका माग सम्बोधन गर्न एमाले सकारात्मक हुनुपर्छ : डा. अधिकारी News Polar नागरिक कोषको रकम रियल इस्टेटमा लगानी गर्ने प्रस्ताव संविधानविपरीत : सांसद तामाङ News Polar चीनद्वारा नास्टलाई डीएनए परीक्षणका उपकरण र प्रविधि हस्तान्तरण News Polar कृषि यान्त्रीकरण प्रवर्द्धनका लागि बागमती सरकारसँग नामियाको ११ बुँदे माग News Polar मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुटवलमा अन्तर्राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्ने News Polar इन्द्रजात्राको सुरुवात: हनुमानढोका परिसरमा सांस्कृतिक प्रस्तुति -फोटो फिचर News Polar नागरिकको बचत उत्पादनशील क्षेत्रमा परिचालन गर्न सांसदहरूको जोड News Polar इक्यान झापाद्वारा विपद् राहत कोषमा दश लाख प्रदान News Polar रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक संसद्मा दर्ता News Polar नागरिकको जीवनलाई फेरि सामान्य लयमा फर्काउनु राज्यको सर्वोच्च जिम्मेवारी News Polar प्रतिनिधि सभामा फोहोरमैला व्यवस्थापन विधेयक पेश, चक्रीय अर्थतन्त्रको अवधारणामा जोड News Polar मन्त्रिपरिषद्को दैनिक कार्यभार अर्थमन्त्री वाग्लेलाई News Polar सुरक्षाकर्मीका लागि जलविद्युत आयोजनामा २ प्रतिशत आईपीओ सुनिश्चित गरिने News Polar विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त

‘सिड’ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड

‘सिड’ले दिएका सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्नुपर्नेमा जोड
अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै किसिमका भेदभाव उन्मूलनसम्बन्धी समिति (सिड) मा नेपालको सातौँ आवधिक प्रतिवेदनमा ‘दलित र अपाङ्गता भएका महिला तथा किशोरी’ बारे प्रदान गरिएका निष्कर्षात्मक टिप्पणीबारे छलफल भएको छ ।

दलित महिला सङ्घ (फेडो) लगायत नागरिक समाजका सङ्घसंस्थाद्वारा आज यहाँ आयोजित छलफलमा वक्ताहरूले दलित र अपाङ्गता भएका महिला तथा किशोरीबारे प्रतिवेदनमार्फत राखिएका चासो, त्यसका सवाल र सिफारिस कार्यान्वयनका लागि सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिनिधिसभा, महिला तथा बालबालिका समितिका सभापति किरणकुमार साहले प्रतिवेदनमा दिइएका सिफारिसबारे समिति बैठकमा दुईपटक छलफल भइसकेको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, सचिवलाई नै बोलाएर सिफारिस कार्यान्वयनका लागि गम्भीर बन्न निर्देशन दिइएको बताउनुभयो ।

उहाँले संयुक्त राष्ट्रसङ्घको महत्त्वपूर्ण समिति सिडले दिएका सिफारिसअनुसार काम भइरहेको भनिए पनि अझै धेरै समस्या रहेकाले सरकार, नागरिक समाजका संस्थालगायत सबैले थप रणनीति बनाएर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा महिला अधिकारका सम्बन्धमा थुप्रै प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता कार्यान्वयन गर्नैपर्छ । त्यसअनुसार काम पनि भइरहेका छन्, समितिले पनि गम्भीर चासो राखेर सरोकार भएकाहरूसँग छलफल गरेको छ । कार्यान्वयनको स्थितिबारे अध्ययन गर्न उपसमिति पनि बनाएको छ”, सभापति साहले भन्नुभयो,“अब समितिको प्रतिवेदन आएपछि सबै पक्षसँग छलफल गर्छौं । यसमा काम गरिरहेका नागरिक समाजका सङ्घसंस्थासँग छलफल गरेर समस्याको पहिचान र कार्यान्वयन रणनीति बनाउन सहजीकरण गर्छौं ।”

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सिडले दिएका सिफारिस कार्यान्वयनका सन्दर्भमा उपलब्धि हासिल भइरहेका उदाहरण दिँदै थप सफलताका लागि तीनै तहका सरकार र सरोकार भएकाबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । “सिफारिस कार्यान्वयन हुँदैछन्, भलै समग्र उपब्धिबारे सरकार र नागरिक समाजका फरकफरक बुझाई छन् । अब उपलब्धि र समस्याबारे आमसरोकारवालाबीच साझा बुझाई बनाएर अगाडि बढौँ”, उहाँले भन्नुभयो, “सरकारले कार्यान्वयन रणनीति र त्यसका लागि समिति पनि बनाएको छ । त्यसले तीनै तहका सरकार, सेवा प्रदायक र सेवाग्राहीसमेतले यस विषययमा थाहा पाउने गरी सचेतना बढाउन लाग्नुपर्छ । आयोगले पनि सबैसँग समन्वय गरी आफ्नो दायित्व निर्वाह गर्नेछ ।”

राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले दलित तथा सीमान्तकृत महिलाको अधिकारका सवालमा सिडले महत्त्वपूर्ण सिफारिस गरेकाले तिनको कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो । उहाँले सरकार र सम्बद्ध निकायले कागजमा परेका प्रतिबद्धता व्यवहारमा लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । “सरकारका कागज हेर्दा नेपाल धेरै अगाडि छ । नागरिक समाजका गुनासा सुन्दा धेरै समस्या छन् भन्ने हुन्छ । यी दुवैमा पूर्ण सत्यता छैन, काम भएका छन्, त्यसमा गति बढाउन आवश्यक छ । आयोगले सम्बद्ध सरोकार भएकाहरूसँग सहकार्य गरी यस विषयमा आफ्नो भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

फेडोका संस्थापक अध्यक्ष दुर्गा सोवले ‘दलित र अपाङ्गता भएका महिला तथा किशोरीहरू’बारे प्रदान गरिएका निष्र्कषात्मक टिप्पणी–२०२५ र आगामी कार्यान्वयनको बाटो’ शीर्षकमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यसक्रममा उहाँले सातौँ आवधिक प्रतिवेदनमाथि गत फ्रेब्रुअरी ३ देखि २१ मा विभिन्न सुझावसहित निष्कर्ष टिप्पणी दिएका सिफारिसमा नेपाललाई ८२ वटा सिफारिस दिएको बताउनुभयो ।

“यसपटक सिड समितिमा नेपालका नागरिक समाजकोतर्फबाट २८ वटा सातौँ आवधिक प्रतिवेदन पेस गरिएका थिए । यसैको परिणामस्वरुप यसपटक नेपाललाई प्राप्त निष्कर्षात्मक टिप्पणी पूर्णतयाः महिला र त्यसभित्र पनि सीमान्तकृत र बहिष्करणमा पारिएका महिला तथा किशोरीमैत्री बन्न पुगेको छ”, सोवले भन्नुभयो,“अब ती सिफारिसलाई कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने विषयमा सरोकार भएकाहरूले संयुक्त रूपमा पहल गर्न आवश्यक छ । हामी दलित नागरिक समाजका संस्थाहरूका तर्फबाट सरकार, आयोग र सबैसँग सहकार्य गर्न तयार छौँ ।”

कार्यक्रममा दलित आयोगका सदस्य मिना सोव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव विष्णुकुमारी भुसाल, राष्ट्रिय महिला आयोगका प्रतिनिधि, फेडोका अध्यक्ष कला स्वर्णकारलगायत सरोकार भएका निकायका प्रमुख एवं प्रतिनिधिले सिफारिस कार्यान्वयनका लागि सहकार्यको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । रासस