३ पुष २०८२, बिहीबार
,
Latest
निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल रवि लामिछानेलाई थुनामुक्त गर्न आदेश प्रधानमन्त्रीलाई जेनजी प्रतिनिधिको सुझाव– घाइते र शहीद परिवारका माग पूरा गर्न नसक्ने भए तीर्थयात्रा जानु यस्तो बन्यो एमालेको टिम सरकारका क्रियाकलाप जेन–जी आन्दोलनले उठाएका मुद्दाको पक्षमा छैनन्ः जेन–जी प्रतिनिधि लेनिन बिष्ट रवि र छविको मुद्दामा बहस सकियो जेन–जी आन्दोलनका घाइते, शहीद परिवारलाई निःशुल्क वैदेशिक रोजगारीमा पठाउने व्यवस्था मिलाइँदैछः श्रममन्त्री भण्डारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीको दाबीः मुलुकको शान्ति सुरक्षा ठिक छ



अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति सुरक्षाको समग्र अवस्था ठिक रहेको बताउनुभएको छ ।

शुक्रवारको संघीयता सलबीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले गृह मन्त्रालय मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्ने काममा र नागरिककोृ जिउ धनको रक्षा गर्ने काममा लागिरहेको बताउनु भयो । उहाँले अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने काममा पनि गृह प्रशासनले काम गरिरहेको बताउनु भयो । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल रहेको गृहमन्त्रीको दाबी छ । अपराध नियन्त्रण गर्नेकुरामा मन्त्रालय निरन्तर लागिरहेको र अपराधिक कार्य गरेर फरार भएकाहरु पनि पक्राउ गरिरहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था ठिक छ । हाम्रो गृह मन्त्रालयको जिम्मेवारीमा पहिलो जिम्मेवारी भनेकै मुलुकमा शान्ति सुरक्षालाई सुनिश्चित गर्नेकुरा हो । नागरिकको जिउ र धनको सुरक्षा गर्ने हाम्रो पहिलो जिम्मेवारी हो । अपराधको न्युनिकरण, नियन्त्रण गर्ने र अपराध भइहाले त्यसमा उचित अनुसन्धान गरेर अपराधीलाई कानून बमोजिम सजाय गर्ने अर्को जिम्मेवारी हो । मुलुकमा सुशासन स्थापना गर्ने, संविधान र कानूनको कार्यान्वयन गर्ने, गराउने लगायत विपद् व्यवस्थापनको काम गृह मन्त्रालयका निरन्तर काम हुन् । त्यो हामीले गरिरहेका छौँ । शान्ति सुरक्षाको स्थिति अहिले अनुकुल छ । एक वर्ष पहिलाको स्थिति हेर्ने हो भने शान्ति सुरक्षा राम्रो छ । अपराध नियन्त्रण गर्नेकुरामा हामी निरन्तर लागिरहेका छौँ । अपराध भइसकेपछि अपराधीलाई कानूनी दायरामा ल्याउने कुरामा हाम्रा सुरक्षा निकायहरुले राम्रोसँग काम गरिरहेका छन् । पछिल्लो समयमा हजुरहरुले हेर्नुभयो भने धेरै पुरानो पुरानो अपराधमा पनि संलग्न भएर फरार भएका मानिसहरु पक्राउ परेका छन् ।’

गृहमन्त्री लेखकले लगुऔषध न्युनिकरण, नियन्त्रण, निषेध गर्नेकुरामा सबै मिलेर जानुपर्ने आवस्था रहेको बताउनु भयो । सडक दुर्घटनाको नियन्त्रण जरुरी रहेको बताउनु भयो ।