२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे

नारायणगढ–बुटवल र दाउन्ने सडक खण्डको निरन्तरता चक्रपथमा भोग्न नपरोस्ः ठाकुर गैरे
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का सांसद ठाकुर गैरेले कलंकी– महाराजगञ्ज–चक्रपथ स्तरोन्नति गर्दा अन्य ठाउँका सडकको अवस्थाबाट पाठ सिक्नुपर्ने बताउनुभएको छ ।

शुक्रवार पूर्वाधार विकास समितिको बैठकमा धारणा राख्दै सांसद गैरेले नाराणगढ–बुटवल सडक खण्डमा विगतमा धेरै नै सास्ती खेप्नुपरेको र अहिले त्यही प्रवृत्ति दाउन्ने क्षेत्रमा दाहोरिएको भन्दै यसबारे सचेत रहन आग्रह गर्नुभएको हो ।

उहाँले उक्त सडक खण्डको काममा सरकारको निकै आलोचना भएको उल्लेख गर्दै चक्रपथ स्तरोन्नती गर्दा त्यो प्रवृत्ति दोहोरिन नदिन सचेत गराउनु भयो । उहाँले चक्रपथ निर्माणलाई शुरुदेखि अन्त्यसम्म उत्कृष्ट ढंगले काम गरेर उदाहरण प्रश्तुत गर्नुपर्ने बताउनु भयो । वर्षौंपछि चक्रपथ निर्माणले गति लिनु सकारात्मक भएको उल्लेख गर्दै उहाँले वसुन्धरा क्षेत्रको समस्या समाधान गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । यदी चिनियाँ सरकारकै सहयोग अन्तर्गतको प्रोजेक्टमा वसुन्धरा क्षेत्रको तीनसय मिटर क्षेत्रलाई समेट्न नसके सरकारले अरु स्रोत जुटाएर भएपनि पूरा गर्नुपर्ने धराणा राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘कलंकी–महाराजगञ्ज चक्रपथ सडकको स्तरोन्नति गर्ने ठाउँमा हामी आइपुगेका छौँ । यो सुखद कुरा हो । अघि माननीय मन्त्रीज्यु, डीजीसा’बले भन्नुभएअनुसार हामीले बुझ्यौँ कि यही आर्थिक वर्षदेखि नै यो काम प्रारम्भ हुँदैछ । त्यो तहमा निष्कर्षमा पुगेको धेरै महत्त्वपूर्ण र स्वागतयोग्य कुरा छ । म यसको लागि नेपाल सरकार, भौतिक पूर्वाधार मन्त्रालय, मन्त्रीज्यू (देवेन्द्र दाहाल) लगायत सबैलाई धन्यवाद भन्न चाहन्छु । यति हुँदा हुँदै पनि हामीले सुन्यौँ कि तीन सय मिटर, बसुन्धारा क्षेत्रको एउटा ठूलो समस्या छ । त्यसलाई यही प्रोजेक्ट अन्तर्गत निष्कर्षमा पु¥याउन सकिन्छ र कार्यान्वयन गर्न सकिन्छ । चीन सरकारको सहयोगमा त्यसलाई टुंग्याउने प्रोसेसका लागि महत्वका साथ पहल गर्ने । यदी त्यसो हुन सकेन भने नेपाल सरकारले आफैँले अरु  स्रोत जुटाएर यति काम गर्ने । त्यो क्षेत्र समेट्दा एउटा पार्ट टुंगिने भएकोले त्यसतर्फ सरकारको विशेष ध्यान रहोस् भन्ने कुरा म आग्रह गर्न चाहन्छु ।’

‘तेस्रो कुरा भनेको हामीले कलंकीदेखि महाराजगञ्जसम्मको यो एरियामा भयंकर स्तरिय, एडभान्स पारामा गाडी गुड्ने, यसपछिको बाँकी भागमा घण्टौँ जाम बस्नुपर्ने, रमाइलो यात्रालाई तुरुन्तै नरमाइलोमा परिणत गर्ने ? यो काम सम्पन्न गर्दैगर्दा ति महत्वपूर्ण ठाउँमा पनि स्तरोन्नति हुने, सँगसँगै । त्यो परिस्थिति निर्माण गर्न के गर्न सकिन्छ भन्ने कुरामा सम्पूर्ण सरकारको, मन्त्रालयको ध्यान रहोस् । अर्को महत्वपूर्ण कुरा म के ध्यानाकर्षण गर्न चाहन्छु भने जस्तो नाराणगढ–बुटवल खण्ड यो वर्ष धेरै राम्रो भयो । म त्यससको प्रशंसा गर्छु । तपाईंहरू सबैलाई धन्यवाद भन्न चाहन्छु । तर त्यो भन्दा अगाडि धेरै वर्ष यसको कार्यान्वयनको जटिलताले धेरै ठूलो आलोचना र धेरै ठूलो बर्बादीको स्थिति हामीले ब्यहोर्नुप¥यो । र, अहिले यो वर्ष पनि दाउन्ने क्षेत्रमा पनि मन्त्रालयले गर्न खोजेजस्तो गर्न चाहेजस्तो पूरा भएन । तर, तपाइँहरूले जुन म्यानेज गर्नुभएको छ, त्यो सकारात्मक छ । त्यसैगरी, यो (चक्रपथ स्तरोन्नती) कार्यान्वयन हामीले जुन रुपमा गर्र्दैछौँ त्यसखालेका प्रवृत्तिको निरन्तरता फेरि हामीले यसमा भोग्न नपरोस् । यो चाहीँ साँच्चै शुरुदेखि अन्त्यसम्म राम्रोसँग, तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम होस् भन्ने कुरा राख्न चाहन्छु ।’

सांसद गैरेले तोकिएकै समयमा सम्पन्न हुने र एउटा राम्रो सन्देश दिने हिसावले काम गर्न आग्रह गर्नुभयो ।