४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सचिवालयको निर्णयलाई परिमार्जन गर्न इश्वर पोखरेलको आग्रह



अ+ अ-

काठमाडौं। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टी सचिवालय बैठकले गरेको निर्णयलाई पोलिटब्युरो बैठकले परिमार्जन गर्नुपर्ने जनाउनु भएको छ ।

सामाजिक सञ्जालमा एक स्टाटस राख्दै पोखरेलले आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्‍याउन आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जाल उहाँले लेख्नुभएको छ-

पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो । आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ ! पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !