१ भाद्र २०८३, सोमबार
,
Latest
मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती प्रधानमन्त्री शाहसँग मुख्यमन्त्री पाण्डेको भेटवार्ता, गण्डकीका विभिन्न विषयमा ध्यानाकर्षण देश विदेश डाक्टर पठाउँदै जुम्ला लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत, पक्षमा ४५ सांसद
तपाईं के खोज्दै हुनुहुन्छ ?

चक्रपथ विस्तारको काम सधैँ ‘होल्ड’मा राख्ने भए विकल्प खोज्नुपर्छः सांसद ज्वाला



अ+ अ-

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले कलंकी–नारायणगोपाल चोक–कोटेश्वर चक्रपथ विस्तारको काम छिटो काम अगाडि बढाउन आग्रह गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा उहाँले यस्तो आग्रह गर्नुभएको हो । सांसद ज्वालाले चिनियाँ कम्पनीले निर्माण गर्न लागेको चक्रपथ विस्तारको काम सँधै ‘होल्ड’ मा राख्ने हो भने विकल्प खोज्नुपर्ने बताउनु भयो । सांसद ज्वालाले सर्वसाधारणलाई प्राविधिक कुरा वा सरकारी प्रक्रियासँग सरोकार नभएको भन्दै सबैले छिटो परिणाम खोजेको स्पष्ट पार्नुभयो । काम शुरु हुने हो भने कहिलेदेखि हुने र नहुने भए विकल्पका लागि तयार रहन पनि उहाँले आग्रह गर्नुभयो । सांसद ज्वालाले राजधानीकै सडकको बेहाल हुनु लाजमर्दो कुरा भएको बताउनु भयो । उहाँले दुर्गमतिर, कर्णाली वा सुदूरपश्चिमतिर झन् कस्तो अवस्था होला भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तुरुन्तै अगाडि बढ्छ भन्ने वचन सँधै आइरहने तर ठोस रुपमा अगाडि नबढ्ने । यो समस्या हामीले पहिल्येदेखि भोग्दै आएको हो । खासै काम अगाडि बढेको देखिँदैन । प्रक्रियागत झमेला, प्रक्रियागत ढिलाई, यो असाध्यै झन्झटिलो देखिन्छ । खासमा यसको डिटेल, प्रक्रिया त बताउनु भयो, तर मूल सरोकार भनेको त समिति वा पब्लिकको के हो भने यसको ढिलाई किन भयो छिटो काम शुरु हुनुप¥यो भन्ने हो । टेक्निकल कुरामा जानु पनि परेन । छिटो काम सुर हुनुप¥यो । अब नहुने हो भने विकल्प खोज्नुप¥यो । होल्डमा मात्रै राख्न भएन । हुने हो भने कहिलेदेखि सुरु हुने हो, कसरी शुरु हुने हो, कहाँ कहाँ त्यसको स्टेप पुग्ने हो ? अब नहुने हो भने विकल्प पनि खोज्नुप¥यो ।’

उहाँले चक्रपथ विस्तारको काम छिटो शुरु गर्न आग्रह गर्दै सरकारको तर्फबाट गर्नुपर्ने कामको बारेमा स्पष्ट पार्न आग्रह गर्नुभयो ।