२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी–सातदोबाटो चक्रपथका कमजोरी नयाँ बन्ने क्षेत्रमा नदोहोरियोस्ः समिति सभापति सिंह



अ+ अ-

काठमाडौँ । पूर्वाधार विकास समितिका समापति दीपकबहादुर सिंहले कलंकी–नारायणगोपाल चोक– कोटेश्वर क्षेत्रमा भइरहेको चक्रपथ विस्तारका क्रममा पहिलेका गल्ती नदोहो¥याउन आग्रह गर्नुभएको छ ।

शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति सिंहले रिङरोड बिस्तार गर्दा कहाँनेर ओभरपास वा अण्डरपास राख्ने हो, अहिले नै स्पष्ट हुनुपर्ने बताउनुभएको हो ।

आवश्यक ठाउँमा ओभरपास नराख्दा पछि थप्नुपर्ने र आवश्यक नएको ठाउँमा राख्दा पछि भत्काउनुपर्ने परिपाटीले लागत र समय दुवै खेर गएकोतर्फ उहाँले यातायात तथा भौतिक पूर्वाधार मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

सभापति सिंहले भन्नुभयो, ‘हिजोका दिनको बल्खु अण्डरपासको बारेमा हामीहरूले धेरै कुरा भोगि पनि सकेका छौँ । जुन यो चक्रपथको १.२ किलोमिटर छ, त्यसको लागि पनि डीपीआर गर्दाखेरी चाहिने मात्रामा अति आवश्यक हुने ठाउँमा फ्लाइओभर ब्रिज वा अण्डरपासको लागि पनि अहिले नै सोच्नुपर्ने अवस्था छ । किनकी हिजो रिङरोडमा चाइनिजले बनाइसकेपछि वर्षौंसम्म बनेको ब्रिजलाई उखेलेर, समय पनि, लागत पनि हाम्रो ठूलो मात्रामा बालुवामा पानी हालेजस्तो भएको छ । अब उप्रान्त रिङरोडको कोटेश्वर– नारायणगोपाल चोक–चाबहिल एरिया–गौशाला (सातदोबाटो र स्वयम्भू एरियामा पनि) कहाँ अति आवश्यक छ, बाइपास’ ? अण्डरपास वा फ्लाइओभर ? अहिले देखि नै डीपीआर बनाइकन जान पनि समितिले अनुरोध गर्दछ । जुन हिसाबबाट हिजोका दिनबाट बल्खुबाट सिकेका छौँ, कमि कमजोरी भएको छ, अब सकेसम्म नयाँ बन्न गएको रिङरोडमा चाहिने पूर्वाधारहरू पूरा कम्प्लिट गरिकन, जुन अन्डरपास बनेको छ, त्यो ठाउँबाट निस्केपछि त अगाडि पट्टि त जामै जाम छ नि। त्यसकारण यो रिङरोड निर्माण गर्न गइरहेका छौँ, हरेक ठाउँमा, अतिआवश्यक ठाउँमा फ्लाइओभर वा अण्डरपासको लागि अहिले देखि नै डीपीआरमा राख्न समितिबाट मन्त्रालयलाई अनुरोध गर्दछौँ ।’

उहाँले कलंकी–बल्खु क्षेत्रमा बनेका संरचना, त्यहाँ हुने सवारी जाम लगायतका कुराबाट सिकेर नयाँ—नयाँ पूर्वाधार निर्माण गर्न पनि जोड दिनुभयो ।




भर्खरै