२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा बहुमत निकट विद्यार्थी संगठनको हडतालले विद्यालय बन्द



अ+ अ-

काठमाडौं । नेकपा बहुमत निकट विद्यार्थी निकट संगठनले गरेको शैक्षिक हड्तालका कारण आज केही विद्यालय र क्याम्पस बन्द भएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत निकट विद्यार्थी संगठनले आम शैक्षिक हड्ताल आह्वान गरेको हो ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (त्रान्तिकारी) ले नि:शुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्ने र शिक्षा ऐन छिटो जारी गर्नुपर्ने लगायतका मागसहित आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो ।

हडताल घोषणा गरेका कारण काठमाडौं उपत्यकाभित्र र बाहिरका जिल्लामा विद्यालय बन्द छन् ।

काठमाडौंका कतिपय निजी विद्यालयले हिजो अबेर अभिभावकहरूलाई एसएमएस पठाएर विद्यालय बन्द हुने जानकारी गराएका थिए । केहीले भने आन्तरिक परीक्षा सञ्चालन गरिरहेकाले विद्यालय खुला राखेका छन् ।