काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज भ्रष्टाचारका सबै काण्डहरुको अध्ययन, अनुसन्धान र काबाही गर्न माग गर्दै अख्तियार दुरुपयोग आयोगमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउने भएको छ ।
राप्रपालले आज दिउँसो १ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा प्रदर्शनसहित ज्ञापनपत्र बुझाउन लागेको हो ।
राप्रपालले सबै प्रकारका सबै भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई कारबाहीको माग गर्दै आएको छ ।
उसले २०४६ सालपछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र उनका नातेदारहरूको समेत सम्पत्ति छानबिनको माँग गर्दै सम्पत्ति शुद्धिकरण कार्यालयमा उजुरी दिने जनाएको छ ।










