२० मंसिर २०८२, शनिबार
,
Latest
आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’



अ+ अ-

कैलाली। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धार्मिक आस्थाको केन्द्रका रुपमा रहेको बेहडाबाबा मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ।

बेहडाबाबा मन्दिर व्यवस्थापन समिति धनगढी उपमहानगरपालिका–१६ रामपुर कैलालीले आज यहाँ आयोजना गरेको बेहडाबाबा श्रावण मेला एकमास शिव महापुराण धार्मिक मेला महामहोत्सव, २०८२ को उद्घाटन गर्दै उहाँले मन्दिरलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय धार्मिक क्षेत्रका रुपमा चिनाउनका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

धनगढी बेहडाबाबा मन्दिरलाई जोड्ने शिवगङ्गा नदीमा पुल निर्माणमा भएको ढिलाइका कारण खोजी गर्न र निर्माण कम्पनीलाई बोलाएर त्यसलाई अगाडि बढाउन आर्थिक मामिला राज्यमन्त्री प्रकाश बमलाई निर्देशन दिनुभएको छ ।

साथै मुख्यमन्त्री शाहले परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको पहलमा प्रदेश सरकारले करिब रु १३ करोड बजेट यस क्षेत्रको विकासका लागि विनियोजित गरेको बताउनुभयो । रासस