१ भाद्र २०८३, सोमबार
,
Latest
नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो काठमाडौँ उपत्यकामा तार व्यवस्थापनमा प्रगति, फिनिसिङ र ट्यागिङ अझै चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्युनिकरणमा लाग्न जरुरी रहेको बताउनु भयो । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘पर्यावरणीय असन्तुलनका कारण, मौसम परिवर्तनका कारण जुन विपद्का जोखिमलाई बढाउँदै लगेको छ । यो जोखिमलाई हामीले यदी न्युनिकरण गर्न सकेनौँ, यसमा हामीले अत्यन्त गम्भीरतापूर्वक काम गर्न सकेनौँ भने नेपाल मात्रै होइन, यो संसार नै भोलिका दिनमा ठूलो विपद् आइलाग्ने स्थिति छ । हामी विपद्को अत्यन्त ठूलो जोखिमको भूगोलमा छौँ । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काम हामीले गर्नुपर्छ । पूर्वानुमानको सूचना समयमा प्रवाह गर्ने, पूर्वसूचना प्रणालीको विकास गर्ने । मानिसलाई पहिला नै सूचित गरेर समयमै सचेत गर्ने ।’

गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।




भर्खरै