४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढेः गृहमन्त्री लेखक



अ+ अ-

काठमाडौँ । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटनाहरु बढ्दै गएको बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकार सम्बन्धी विषयहरुमा आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद्जन्य जोखिमलाई न्युनिकरण गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने अवस्था रहेको बताउनु भयो । उहाँले सबैले सचेतनापूर्वक विपद्जन्य जोखिमको न्युनिकरणमा लाग्न जरुरी रहेको बताउनु भयो । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काममा सबै मिलेर लाग्नुपर्ने बताउनु भयो । पूर्वसूचना प्रणालीको विकास गर्न पनि आवश्यकता रहेको बताउनु भयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘पर्यावरणीय असन्तुलनका कारण, मौसम परिवर्तनका कारण जुन विपद्का जोखिमलाई बढाउँदै लगेको छ । यो जोखिमलाई हामीले यदी न्युनिकरण गर्न सकेनौँ, यसमा हामीले अत्यन्त गम्भीरतापूर्वक काम गर्न सकेनौँ भने नेपाल मात्रै होइन, यो संसार नै भोलिका दिनमा ठूलो विपद् आइलाग्ने स्थिति छ । हामी विपद्को अत्यन्त ठूलो जोखिमको भूगोलमा छौँ । विपद् जोखिमलाई न्युनिकरण गर्ने र विपद् आइलाग्यो भने त्यसका लागि प्रतिकार्य गर्ने काम हामीले गर्नुपर्छ । पूर्वानुमानको सूचना समयमा प्रवाह गर्ने, पूर्वसूचना प्रणालीको विकास गर्ने । मानिसलाई पहिला नै सूचित गरेर समयमै सचेत गर्ने ।’

गृहमन्त्री लेखकले विपद् भइसकेपछि प्रतिकार्यको काममा पनि गम्भीर भएर लाग्नुपर्ने बताउनु भयो ।