२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar मलङ्गवा नगरपालिकाका इन्जिनियर र सुपरभाइजर घुससहित पक्राउ News Polar अपडेटः युक्रेनी सहरमा रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमण, कम्तीमा २१ जनाको मृत्यु News Polar सिङ्गापुरद्वारा वित्तीय संस्थाका लागि एआई जोखिम व्यवस्थापनसम्बन्धी निर्देशिका जारी News Polar विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar नेपाल –रुस द्विपक्षीय परामर्श बैठक सम्पन्न News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो News Polar प्रधान सेनापति सिग्देलद्वारा बेलायतमा भेटवार्ता News Polar १० वर्षमुनिका बालबालिकामा मोटोपन घटाउने औषधि वा शल्यक्रिया नगर्न डब्लुएचओको सुझाव News Polar SC orders to present written reply on writ against Sudurpaschim government News Polar NC General Convention: Voting to begin at 10:00am Thursday News Polar क्रिकेटः नेपालद्वारा ओमान ‘ए’ पराजित News Polar मन्त्री चौधरीसँग जिजिजिआइका राष्ट्रिय प्रतिनिधिको भेट News Polar ग्रामीण र दुर्गम क्षेत्रमा गुणस्तरीय इन्टरनेट विस्तार सरकारको प्राथमिकता छः सञ्चारमन्त्री तिमिल्सिना News Polar नेपाली कम्युनिस्ट आन्दोलन ध्रुविकरणबाट एकीकरणको चरणमाः शक्ति बस्नेत News Polar जनताको असन्तुष्टि बुझ्न नसक्दा वामपन्थी आन्दोलन रक्षात्मक बन्योः महासचिव पोखरेल News Polar शेरबहादुर दाई महाधिवेशनको मञ्चमा नहुँदा मिठो लागेको छैनः सभापति थापा News Polar बेपत्ता भएका नागरिकलाई मृत घोषणा गर्ने अवधि १२ वर्षबाट ४५ दिनमा छोट्याइयो News Polar लोकतान्त्रिक संस्कृतिमा आएको क्षय सुधार्ने मुख्य अभिभारा काँग्रेससँग छः उपसभापति शर्मा News Polar काँग्रेसको प्राथमिकता सत्ता प्राप्ति मात्र हुनुहुँदैन, मुलुक निर्माणमा केन्द्रित राजनीतिक शक्तिका रुपमा स्थापित गरौँः आङ्देम्बे News Polar प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना शुरु, ५० हजारभन्दा बढी प्रहरी परिचालन

डा. धनञ्जय रेग्मी रास्वपामा प्रवेश

डा. धनञ्जय रेग्मी रास्वपामा प्रवेश
अ अ+ अ-

काठमाडौँ । नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड एनटीबीका पूर्व प्रमुख कार्यकारी अधिकृत सीइओ डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

आज रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन् । पार्टीका प्रवक्ता तथा सांसद मनिष झाले रेग्मीको प्रवेशको घोषणा गरेका थिए । रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएका जानकारी दिए ।

कार्यक्रममा सम्बोधन गर्दै डा. रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेको बताएका छन् । जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएको बताउँदै अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्घोष गरेका छन् ।

रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै उनले आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको घोषणा गरेका छन् ।

स्याङ्जा जिल्लामा जन्मेका डा. रेग्मी नेपालको हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत विज्ञ हुन् । उनले जापानको होक्काइदो विश्वविद्यालयबाट Environmental Earth Science मा पीएचडी गरेका छन् । साथै उनी अमेरिकाको एरिजोना विश्वविद्यालयमा वृक्षविज्ञान [Glaciologist ) मा फेलोशिपसमेत पुरा गरिसकेका छन्।

डा. रेग्मीले नेपालका प्रमुख हिमतालहरू—जस्तै इम्जा ग्लेशियर—को संरक्षण तथा जोखिम न्युनिकरणमा न्बिअष्ययिनष्कत को रूपमा योगदान पु¥याएका छन् । उनी पर्यावरणीय अध्ययन संस्था Himalayan Research Centre (HRC) ) का संस्थापक अध्यक्षसमेत हुन्।

पर्यटन बोर्डमा पूरा कार्यकाल सफलतापूर्वक जिम्मेवारी निभाएका उनले कोभिड–१९ महामारीपछिको पर्यटन पुनरुत्थानमा नेतृत्वदायी भूमिका खेलेका थिए । नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने थुप्रै अभियानमा उनी अगुवाको भूमिकामा थिए ।

डा. रेग्मीले आफू पर्यटन क्षेत्रमै सक्रिय रहेपनि अब राजनीतिबाट नीति निर्माण तहमा पुगेर देशको समृद्धिको खाका कोर्न चाहेको बताएका छन् । रास्वपा नयाँ सोच, निष्ठा र नेपाली जनताको भरोसाको पर्याय बन्दै गएको छ। म पनि यही यात्राको एक हिस्सा बन्न पाउँदा गर्व लागेको छ, उनले भनेका छन् ।

उनले आगामी दिनमा पर्यटन, वातावरण, शिक्षा र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिने नीति निर्माणका एजेन्डामा आफू केन्द्रित रहने स्पष्ट पारेका छन् ।