१७ भाद्र २०८३, बुधबार
,
Latest
त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गको जवाङ खोला खण्ड भासिन शुरु घट्न सकेन किशोरी आमा बन्नेक्रम बगैँचामा स्याउ लटरम्म, किसानलाई बजारको चिन्ता ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य भोटेकोशी बाढी प्रभावित क्षेत्रमा अपराह्नपछि मध्यम वर्षाको सम्भावना : जल तथा मौसम विज्ञान विभाग भारतको उत्तर प्रदेशस्थित पटाका कारखानामा भीषण विष्फोटः ११ जनाको मृत्यु, १८ भन्दा बढी घाइते वर्षा र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग भोटेकोशी बाढीः बाँकेमा सहयोग जुट्दै चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्युत आयोजना निर्माणको लागि उपकरणको सहज उपलब्धता गरिदिन इप्पानको आग्रह



अ+ अ-

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले विद्युत आयोजनाहरुको निर्माणका लागि आयातित उपकरण फिर्ता लैजाँदा उर्जा क्षेत्रले समस्या भोग्नुपरेको गुनासो गर्नुभएको छ ।

बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो गुनासो गर्नुभएको हो ।

स्वदेशी लगानीमै ठूला जलविद्युत आयोजनाहरू निर्माण भइरहेका बेला आवश्यक उपकरण विदेशबाट ल्याउनुपर्ने र आयोजना सम्पन्न भइसकेपछि फिर्ता गर्नुपर्ने बाध्यता रहेको बताउनु भयो । उहाँले विद्युत आयोजना निर्माणका लागि आवश्यक पर्ने उपकरण र प्रविधिको सहज उपलब्धता गरिदिन सरकारसँग आग्रह पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले स्वदेशी लगानीमै विद्युतका ठुला ठूला आयोजनाहरु निर्माण कार्य सुरु गरेका छौं । यसका लागि विदेशबाट इक्युपमेन्ट लिएर नेपालमा काम गर्नुपर्ने र निर्माणसम्पन्न भइसकेपछि फिर्ता लैजाने कुराले हामीलाई निकै अप्ठ्यारो परेको छ । त्यो मागलाई सम्बोधन गर्नको लागि म माननीय मन्त्रीज्युसहितलाई अनुरोध गर्न चाहन्छु ।’

उहाँले सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्यअनुसार काम गर्न निजी क्षेत्र उत्साहित रहेको पनि बताउनु भयो ।