२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक पुनरागमनलाई सुजाता कोइरालाको शुभकामना



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेकोमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले शुभकामना दिनुभएको छ ।

कांग्रेस नेतृ कोइरालाले आज सामाजिक सञ्जालमार्फत् भण्डारीको राजनीतिक पुनरागमन यात्रालाई शुभकामना दिनुभएको हो ।

उहाँले भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको समेत बताउनुभएको छ ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–

पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारी जीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।