काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिमा पुनरागमन गरेकोमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले शुभकामना दिनुभएको छ ।
कांग्रेस नेतृ कोइरालाले आज सामाजिक सञ्जालमार्फत् भण्डारीको राजनीतिक पुनरागमन यात्रालाई शुभकामना दिनुभएको हो ।
उहाँले भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको समेत बताउनुभएको छ ।
उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ–
पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारी जीको सक्रिय राजनीतिमा पुनरागमनले सम्पूर्ण नेपाली महिला नेतृत्व वर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनीतिक संस्कार भएको व्यक्तित्व हुनुहुन्छ । उहाँलाई आगामी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना ।










