१ भाद्र २०८३, सोमबार
,
Latest
विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

उमेर नपुगेका किशोरीलाई अन्डादाताको रुपमा समावेश नगराएको एञ्जल फर्टिलिटी क्लिनिकको दाबी



अ+ अ-

काठमाडैं । एञ्जल फर्टिलिटी क्लिनिकले उमेर नपुगेका किशोरीहरुलाई अन्य फर्टिलिटी क्लिनिकहरुमा अण्डादाताका रुपमा समवोश गराएको भन्दै आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।

क्लिनिकले विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यमा आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको हो ।

विज्ञप्तिमा भनिएको छ– ‘केही दिनहमा विभिन्न सञ्चारमाध्यम तथा अनलाइन प्लेटफर्महरुमा एञ्जल फर्टिलिटी क्लिनिक र यस क्लिनिकसँग आवद्ध केही कर्मचारीहरुलाई अन्य केही फर्टिलिटी क्लिनिकउपर भइरहेको नेपाल प्रहरीको अनुसन्धानमा जोडेर भ्रामक र आधारहीन समाचारहरु प्रकाशित भएकोप्रति आम्रो ध्यानाकरर्षण भएको छ ।’ विज्ञप्तिमा अगाडि भनिएको छ– ‘विशेषत: ती समाचारहरुमा हाम्रो एक कर्मचारीले उमेर नपुगेका किशोरीहरुलाई अन्य फर्टिलिटी क्लिनिकहरुमा अण्डादाताको रुपमा समावेश गराएको भन्ने जस्तो अन्त्यन्तै गम्भीर, तर पूर्णतस् झुठा र तथ्यहीन आरोप लगाइएको छ ।’

क्लिनिकले उमेर नपुगेका महिलालाई दाताको रुपमा प्रयोग गर्ने वा अन्य कुनै किसिमको गैरकानुनी वा अनैतिक कार्य कहिल्यै नगरेको र त्यस्तो कार्यको कडा शब्दमा निन्दासमेत गरेको छ ।