१ भाद्र २०८३, सोमबार
,
Latest
सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक मनसुनको बाँकी अवधिमा विपद्को जोखिम उच्च : प्राधिकरण नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण



अ+ अ-

बोदेबरसाइन, (सप्तरी) । सप्तरी जिल्लाको बोदे बर्साइन नगरपालिका–४ स्थित सिल्हट पर्साहीका १२० परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ । नगरपालिका र नापी कार्यालय सप्तरीको संयुक्त पहलमा बुधबार आयोजित कार्यक्रममा ती परिवारलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको हो ।

लामो समयदेखि गाउँब्लक जग्गामा बसोबास गर्दै आए पनि कानुनी स्वामित्व नपाएका स्थानीयवासीले जग्गाधनी पुर्जा पाएपछि खुसी व्यक्त गरेको छन् । नापी कार्यालय सप्तरीअन्तर्गत ३ नं नापी टोली राजविराजका प्रमुख सतिश यादवका अनुसार साबिकको फुलकाही गाविस—६ देखि ९ सम्मका करिब ६० प्रतिशत लालपुर्जा वितरण गरिसकिएको छ । बाँकी लाभग्राहीका लागि २१ दिने सूचना प्रकाशन गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।

“केही स्थानमा नक्सासम्बन्धी समस्या देखिएकाले तत्काल वितरण सम्भव भएन, तर सुधार गरी ती लालपुर्जा पनि चाँडै उपलब्ध गराइनेछ”, यादवले भन्नुभयो ।

नगरप्रमुख आतेशकुमार सिंहले बाँकी वडामा पनि लालपुर्जा वितरणको प्रक्रिया अगाडि बढाइने बताउनुभयो । “पुस्तौँदेखि बसोबास गर्दै आएका नागरिकले लालपुर्जा नहुँदा सरकारी सेवा, कर्जा सुविधा, घरजग्गा दर्तालगायत धेरै समस्यामा भोग्नुपरेको थियो”, उहाँले भन्नुभयो, “अब बिस्तारै सम्पूर्ण नगरभरिका गाउँब्लक जग्गाधनीलाई लालपुर्जा प्रदान गरिनेछ ।”




भर्खरै