१५ भाद्र २०८३, सोमबार
,
Latest
सुनौलीमा शान्तिदीप बाल्दै भारतीय पत्रकारले भने ‘नेपालको दुःख हाम्रो पनि दुःख हो’ भोटेकोशी बाढीः १० हजार ४५१ को उद्धार नेपाली सेनाद्वार माथिल्लो त्रिशूली–३ ‘बी’ मा खोज तथा उद्धार तीव्र हिमालयन बैंकको अध्यक्षमा पूर्वमुख्यसचिव डा. बैकुण्ठ अर्याल हिमालयन बैंकद्वारा रसुवा बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि ३ करोड १ लाख सहयोग भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३३ घाइते डिस्चार्ज शान्ति उद्यानले खोल्दैछ मनोरञ्जनसँगै आम्दानीको ढोका भोटेकोशी बाढीः उद्योग वाणिज्य सङ्घ कञ्चनपुरका अध्यक्ष मल्लद्वारा पाँच लाख सहयोग रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने बाढी प्रभावितको उद्धारमा ढिलाइ नगर्न कांग्रेसको आग्रह, सांसदको तलब सहयोग गर्ने निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर



अ+ अ-

लमजुङ। यहाँको सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको छ । छ रोपनी १३ आनामा फैलिएको बरेटार शिवमन्दिर करिब दुई सय १९ पुरानो भएको बताइन्छ ।

वर्षौँ सम्म उचित संरक्षण नहुँदा मन्दिरको संरचना जीर्ण बनेको थियो । २०७२ सालमा मन्दिर संरक्षणका लागि समिति गठन गरिएसँगै यसको पुनर्निर्माण सुरु गरिएको हो । आनन्दलाल श्रेष्ठको अध्यक्षतामा गठित समितिले मन्दिर संरक्षण सुरु गरी सोही वर्ष शिव महापुराणको आयोजना गरेर करिब रु १९ लाख सङ्कलन गरेको थियो ।

सो रकमबाट पर्खाल, होमकुण्डको, मन्दिरको अगाडि ढुङ्गा विछ््याउने कार्य, चौतारा निर्माण, ट्रष्ट स्थापनालगायतका काम सम्पन्न भएका छन् । यी संरचनाले मन्दिरको धार्मिक र भौतिकस्वरूप परिवर्तन भएको छ । समितिले विभिन्न सङ्घ संस्था तथा व्यक्तिको सहयोगमा थप संरचना निर्माण गरिरहेको छ ।

२०७८ सालदेखि मन्दिर तथा पौवाको संरक्षण पुरातत्वक विभागसँग समन्वय गरेर अगाडि बढाइएको छ । त्यसयता पुरातत्वविभागले पुनर्निर्माण, मर्मत तथा संरक्षणमा आवश्यक प्राविधिक र आंशिक आर्थिक सहयोग गर्दै आएको समितिका अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

मन्दिरमा हाल दैनिक नित्य पूजा–आरती हुँदै आएको छ । हालै प्रदेश सरकारले धार्मिक क्षेत्रमा रु २१ करोड विनियोजन गरे पनि बरेटार शिवमन्दिरको नाममा बजेट नदिएको समितिको गुनासो छ । “धेरै स्थानमा साना संरचनाका लागि बजेट गयो, तर यहाँको ऐतिहासिक मन्दिर सरकारको नजरबाटै ओझेलमा प-यो,” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

यस मन्दिरलाई धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ । त्यसका लागि पूर्वाधार निर्माण, सरसफाइ, सञ्चार सुविधा तथा सांस्कृतिक कार्यक्रमको आयोजना आवश्यक देखिन्छ । रासस