९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन

मुख्यमन्त्रीद्वारा कानुनी जटिलताको पहिचान गर्न निर्देशन
फाइल फोटो
अ अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा लागानीमैत्री वातावरण बनाउन देखिएका नीतिगत एवं कानुनी जटिलताको पहिचान गर्न कानुन मन्त्रालयका सचिवलाई निर्देशन दिनुभएको छ ।

धनगढीमा आज आयोजित अन्तरक्रियामा मुख्यमन्त्रीले लगानीको वातावरण बनाउन देखिएका कानुनी जटिलतालाई अध्यादेशमार्फत र त्यो सम्भव नभए सङ्कल्प प्रस्तावबाट संशोधन गर्न सकिने बताउनुभयो ।

प्रदेश सरकारले आगामी असोज १ र २ गते आयोजना गर्न लागेको लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले गरेको अन्तरक्रियामा मुख्यमन्त्रीले भन्नुभयो, “काम गर्ने क्रममा आउनसक्ने कानुनी जटिलताका बारेमा सम्बन्धित निकायसँग समन्वय गरी एक हप्ताभित्रमा कानुनी समस्या पहिचान गर्नुहोला ।”

लगानी तथा विकास सम्मेलनको आयोजनाले प्रदेशको आर्थिक, समाजिक र पूर्वाधार विकासका लागि कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव आमोद दाहालले केन्द्रको कानुनसँग नबाझिने गरी प्रदेशले भइरहेका कानुनलाई लगानीमैत्री बनाएर सहजीकरण गर्नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रदेशमा साझेदारी व्यवसाय ऐन, सहकारी ऐन, पर्यटनसँग सम्बन्धितलगायत कतिपय मौजुदा ऐनमा देखिएका जटिलतालाई संशोधन गरेर सहजीकरण गर्नुपर्ने देखिन्छ ।” लगानी तथा विकास सम्मेलनको तयारीका क्रममा प्रदेश सरकारले आजै कोशी प्रदेश सरकारसँग ‘भर्चुअल’मार्फत अन्तरक्रिया गरेको छ ।

त्यस क्रममा अनुभव आदान प्रदान एवं नीति तथा कानुनकाबारेमा छलफल भएको जनाइएको छ । कोशी प्रदेश सरकारले गत वैशाखमा लगानी सम्मेलन गरिसकेको छ । रासस