३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलोपटक जुम्लामा विद्युतीय सार्वजनिक सवारी, चार्जिङ स्टेसन पनि निर्माण हुँदै



अ+ अ-

जुम्ला। जुम्ला जिल्लामा पहिलोपटक विद्युतीय सार्वजनिक यातायात सेवा सुरु भएको छ। दिगो ग्रुप अफ कम्पनीले जुम्लाका सार्वजनिक रुटहरूका लागि ९ वटा DFSK Danfe ब्रान्डका विद्युतीय भ्यानहरू हस्तान्तरण गर्दै सेवा सञ्चालनमा ल्याएको हो।

यी गाडीहरू जुम्लाका छोटो दुरीका रुटहरूमा चल्नेछन, जसले यात्रुलाई सस्तो, सुरक्षित र वातावरणमैत्री सेवा प्रदान गर्ने विश्वास गरिएको छ।

विद्युतीय सेवा सुनिश्चित गर्न कम्पनीले ८० किलोवाट क्षमताको फास्ट चार्जिङ स्टेसन जुम्लामा जडान गर्ने तयारी गरेको छ। साथै, जुम्ला बसपार्क, नाग्मा बजार, र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा थप चार्जिङ स्टेशनहरू निर्माण गरिने जनाइएको छ।

दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठ भन्छन्, “जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु कम्पनीका लागि गौरवको विषय हो। यसले विद्युतीय सवारीसाधनको कार्यक्षमता प्रमाणित गरेको छ।”

उनका अनुसार, कम्पनीले आगामी दिनमा पनि देशका अन्य दुर्गम तथा सहरी क्षेत्रमा यस्ता प्रविधिको पहुँच विस्तार गर्दै लैजाने योजना बनाएको छ।