१ भाद्र २०८३, सोमबार
,
Latest
विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

हज समितिमा विवादित व्यक्ति मन्सुरीलाई ल्याउन खोजेको भन्दै असन्तुष्टि



अ+ अ-

काठमाडौं। मुस्लिम समुदायका अगुवाहरुले नेपाल हज समिति २०७२ को कार्यबिधि अनुसार बनाउन माग गरेका छन् । उनीहरुले २०७२ लाई खारेज गरी हाल कार्यान्वयनमा रहेको कार्यबिधिले समुदायको पक्षमा काम नगर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

सरकारले हज समिति गठन गर्ने तयारी गरेको बेला उनीहरुले समुदायको भाबना बिपरीत गठन नगर्न खबरदारी गरेका हुन् । २०७२ को कार्यबिधि बिपरीत गठन गर्दा सञ्चित कोषमा रहेको रकमको दुरुपयोग हुन सक्ने आशंका पनि उनीहरुले गरेका छन् ।

गृह मन्त्रालयले मोरङका अतावुल मन्सुरीलाई समितिको अध्यक्ष बनाउने तयारी गरिरहेको छ । मन्सुरी बिरुद्ध २०७४ सालमा हज समितिको सदस्य रहँदा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा उनी पाँच लाख रुपिया धरौटीमा रिहा भएका थिए ।

मन्सुरीलाई काँग्रेसका नेता फरमुल्ला मन्सुरले साथ दिएका कारण पनि गृहमन्त्री रमेश लेखक दवाबमा परेको स्रोतको भनाई छ । गृह मन्त्रालय अन्तरगत रहेको नेपाल हज समितिका एक कर्मचारीले भने नियुक्तिका बारेमा बाहिर आर्थिक चलखेलको गन्ध आएको छ । भर्खर एक मन्त्री यस्तै प्रकरणमा परेर पद छाड्नु परेका बेला अर्को बिवादित निर्णय सायद मन्त्रीज्यूले गर्नु हुन्न होला ।

उहाँले भन्नुभयो, समुदायको हितमा काम गर्नुपर्ने संस्थामा बिवादित व्यक्तिलाई ल्याउँदा झनै समस्या हुन्छ भने हज गर्न जानेहरुले समेत हैरानी पाउँछन् ।

पुरानो समितिको समय अझै १० महिना बाँकी रहेका बेला हतार हतार मन्त्रीपरिषद्ले पास गरेको गठन आदेश कानून बिपरीत रहेको भन्दै अदालत जाने तयारी भएको एक अगुवाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, यो गठन आदेश अधिकार बिहिन , समुदायको भाबना बिपरित र स्वार्थ समूहको चलखेल गर्ने नियतका साथ ल्याइएको हो । यो समुदायको लागि दुर्भाग्यपुर्ण कदम हो यसलाई अस्वीकार गर्नु बाहेक बिकल्प छैन ।

कर्मचारीमुखी समिति गठन हुन सक्ने भन्दै उहाँले भन्नुभयो, गृहमन्त्रीको तजबिजीमा समिति रहँदा सधैँ अस्थिर हुन्छ । जसले गर्दा समुदायको हितका ठोस काम हुन सक्दैन । यसको स्वरुप भूमी आयोगको जस्तै हुन्छ । कुन बेला के निर्णय हुन्छ, थाहा हुँदैन ।