२२ भाद्र २०८३, सोमबार
,
Latest
बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताउनु भयो । उहाँले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताउनु भयो । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गर्नुभयो । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उहाँले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताउनु भयो । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसै भित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो । यदी संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ । नागरिक उड्डयन क्षेत्र छ । यो सरकारको एक वर्ष पुगेको छ । मैले यो बीचमा प्रकृति र संस्कृतिका विविधताको कुरा गरेको छु । संस्कृति र प्रकृतिलाई चलायमान बनाउने र यसको अधिकतम उपयोग गर्ने काममा लागेको छु । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल हुनुपर्छ भन्नेकुरा मैले स्पष्टताका साथ अघि बढाउनुपर्छ भन्नेगरी लागेको छु ।’

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताउनु भयो । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको बताउनु भयो ।