१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

संस्कृति समाजको प्राण होः मन्त्री पाण्डे



अ+ अ-

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति समाजको प्राण भएको बताउनुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संस्कृति अमूर्त विषय भएको र यसभित्रै शक्ति र समाजको प्राण रहेको बताउनु भयो । उहाँले संस्कृति नभएको समाज नहुने र समाजको पहिचान संस्कृतिमै रहने बताउनु भयो । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम रहेको उल्लेख गर्नुभयो । आफू मन्त्री बनेको एक वर्ष पुगेको भन्दै उहाँले यस बीचमा संस्कृति र प्रकृतिलाई चलायमान बनाउने प्रयास गरेको बताउनु भयो । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल बनाउन आफू लागिपरेको पनि बताउनु भयो ।

मन्त्री पाण्डेले भन्नुभयो, ‘संस्कृति एउटा अमूर्त विषय हो । तर यसै भित्र शक्ति छ, यसैभित्र प्राण छ । संस्कृति भनेको प्रत्येक समाजको प्राण तत्व हो । यदी संस्कृति छैन भने त्यो समाज छैन भनेर बुझ्दा हुन्छ । त्यो समाजको पहिचान छैन भन्ने बुझ्दा हुन्छ । संस्कृतिले बोकेको साहित्य र दर्शन अनुपम छ । त्यो दुनियाँका लागि दर्शनीय छ । हाम्रो पर्यटन विविधतापूर्ण छ । नागरिक उड्डयन क्षेत्र छ । यो सरकारको एक वर्ष पुगेको छ । मैले यो बीचमा प्रकृति र संस्कृतिका विविधताको कुरा गरेको छु । संस्कृति र प्रकृतिलाई चलायमान बनाउने र यसको अधिकतम उपयोग गर्ने काममा लागेको छु । नागरिक उड्डयन क्षेत्र सुचारु, गतिशिल हुनुपर्छ भन्नेकुरा मैले स्पष्टताका साथ अघि बढाउनुपर्छ भन्नेगरी लागेको छु ।’

मन्त्री पाण्डेले सुधारका कुराहरु छायामा पारेर नकारात्मक कुरा मात्रै गर्ने काम गलत भएको बताउनु भयो । मन्त्रालयले सुधारका विभिन्न योजनासहित काम गरिरहेको बताउनु भयो ।