५ पुष २०८२, शनिबार
,
Latest
गुणस्तरीय स्वास्थ्य प्रयोगशालाका लागि मानव पुँजी विकास गर्दै कामपा साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै जेनजी सुशासन सहिदकी आमाको सन्देश : कान्छो छोरोको निधनपछि मन आतिएको छ, सरकारले जनाताको भलो… हिंसापीडित बालबालिकाका लागि सुरक्षित आवास गृहको अभाव तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

घुस मोलमोलाइमा संलग्नहरुलाई नियन्त्रणमा लिएर छानबिन गर्न एमाले सांसद थापाको माग



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता सूर्य थापाले घुस लेनदेनसम्बन्धी विवादास्पद अडियो प्रकरणमा सुनिएका आवाजहरूको अविलम्ब अनुसन्धान गरी त्यसमा संलग्नलाई नियन्त्रणमा लिएर छानबिन गर्नुपर्ने बताएका छन् ।

अडियो प्रकरण सार्वजनिकसँगै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिइसकेका छन् । तर यसबारेमा सरकारले अहिलेसम्म छानबिन गरेको छैन । त्यो अडियोमा गुप्तासँगै अन्य एक पूर्वमन्त्री, विचौलिया र बहालवाला एक मन्त्रीको नाम उल्लेख गरिएको छ ।

एमाले सांसद थापाले अडियोमा सुनिएका आवाजको परिचान गरेर उनीहरुमाथि पनि छानबिन गर्नुपर्ने बताएका हुन् ।

उनले एक मन्त्रीको राजीनामा आउँदैमा सिङ्गो घटना फासफुस बनाउन नहुने समेत बताएका छन् ।

सांसद थापाले लेखेका छन्–

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजिनामा दिनुको अर्थ यस विषयको गंभीरतालाई मध्यनजर गरी गंभीर छानवीन हुनुपर्ने जनदबाबलाई स्वीकार गरिएको छ। यस प्रकरणमा विवादास्पद अडियोको आवाजमा कोको संलग्न रहेका छन्? ती सक्कली हुन् कि नक्कली?वास्तविक आवाज हो कि प्रविधिको कमाल? राज्यका अनुसन्धान गर्ने निकायहरूले अबिलम्ब काम थाल्नुपर्छ र सार्वजनिक अडियोमा जोसुकै बोलेको भए पनि नियन्त्रणमा लिइहालेर छानवीन गरी दुधको दुध/ पानीको पानी छुट्याउनु पर्छ। दोषी ठहरिएका कसैले उन्मुक्ति पाउनुहुँदैन। झोसपोलवाला, बिचौलियाधन्धाकर्मी, भ्रष्ट र ठगहरू कोही पनि छानवीनको दायराभन्दा बाहिर रहनुहुँदैन।

विषयको उठान आरोप–प्रत्यारोप र एक मन्त्रीको राजीनामा अनि फासफुस हुन/गर्नका लागि होइन, सुशासनको प्रत्याभूति गर्न हो।