२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीको निजी वेबसाइट सार्वजनिक, के–के छन् सामग्री ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np सार्वजनिक गर्नुभएको हो ।

भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरु र तस्वीरसहितका स्मृतिहरु संग्रहित गर्न वेबसाइट निर्माण गरिएको हो ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईले विज्ञप्तिमार्फत् उहाँको राजनीतिक यात्राबारेका सामग्री वेबसाइटमा समावेश भएको जानकारी दिनुभएको छ ।

‘यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्या देवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरु, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै लैजाने तयारी छ ।

भण्डारी एमालेको राजनीतिमा फर्किएपछि कार्यकर्तामाझ आफ्ना गतिविधि सहज रुपमा पुगोस् भनेर छुट्टै वेबसाइट निर्माण गर्नुभएको बताइएको छ । यो वेबसाइट निजी भएकाले उहाँले आफ्ना गधिविधिहरु राख्नुहुने छ ।