१९ मंसिर २०८२, शुक्रबार
,
Latest
महिला भलिबल प्रतियोगिता : नेपाल पुलिस क्लब विजयी बालबालिकालाई अस्थायी संरक्षण र वैकल्पिक स्याहारको व्यवस्था गर्दै कामपा विश्वकप खेल्ने नेपाली महिला टोलीको बन्द प्रशिक्षण सुरु मुख्यमन्त्रीद्वारा मानव सेवा आश्रम सुर्खेतको भवन शिलन्यास हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गर्न अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध स्थापना प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति भण्डारीको निजी वेबसाइट सार्वजनिक, के–के छन् सामग्री ?



अ+ अ-

काठमाडौं । नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले निजी वेबसाइट सार्वजनिक गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज व्यक्तिगत वेबसाइट www.bidyabhandari.com.np सार्वजनिक गर्नुभएको हो ।

भण्डारीको सार्वजनिक जीवन, राजनीतिक योगदान, राष्ट्रपतिका रुपमा निर्वाह गरेका भूमिका, अन्तर्राष्ट्रिय मञ्चहरुमा जनाएको सहभागिता, विचार, अभिव्यक्तिहरु र तस्वीरसहितका स्मृतिहरु संग्रहित गर्न वेबसाइट निर्माण गरिएको हो ।

भण्डारीका स्वकीय सचिव राजकुमार राईले विज्ञप्तिमार्फत् उहाँको राजनीतिक यात्राबारेका सामग्री वेबसाइटमा समावेश भएको जानकारी दिनुभएको छ ।

‘यो वेबसाइट पूर्वराष्ट्रपति श्रीमती विद्या देवी भण्डारीको समग्र राजनीतिक यात्राको दस्तावेजीकरण मात्र होइन, लोकतान्त्रिक मूल्यहरु, समावेशी राजनीति, लैङ्गिक समानता, समाजवाद उन्मुख मार्गचित्र तथा अन्तर्राष्ट्रिय मित्रता प्रवद्र्धनमा उहाँले पुर्‍याउनुभएको योगदानलाई स्मरणीय र सन्दर्भयोग्य बनाउने उद्देश्यले निर्माण गरिएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

वेबसाइटमा समावेश सामग्रीहरु थप परिमार्जन र अद्यावधिक गर्दै लैजाने तयारी छ ।

भण्डारी एमालेको राजनीतिमा फर्किएपछि कार्यकर्तामाझ आफ्ना गतिविधि सहज रुपमा पुगोस् भनेर छुट्टै वेबसाइट निर्माण गर्नुभएको बताइएको छ । यो वेबसाइट निजी भएकाले उहाँले आफ्ना गधिविधिहरु राख्नुहुने छ ।