२८ मंसिर २०८२, आईतवार
,
Latest
साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल सरकार निर्वाचनको तयारीमा केन्द्रित छः कानूनमन्त्री सिन्हा एमालेको बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु हुने एमालेले हटायो वरिष्ठ उपाध्यक्ष पद
तपाईं के खोज्दै हुनुहुन्छ ?

लडेर एकको मृत्यु



अ+ अ-

बाजुरा। जिल्लाको गौमूल गाउँपालिकामा आज भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ कटीगाउँका अन्दाजी ४१ वर्षीय वीरेन्द्र बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अनुसार आज बिहान घरबाट घाँस काट्न गएका बेला भिरबाट लडेर घटनास्थलमै बोहराको मृत्यु भएको हो । घर नजिकै रहेको बागेडोरा भन्ने जङ्गलमा घाँस काट्न गएका बोहरा लामो समयसम्म घर नफर्किएपछि खोजी गर्दा उनी मृत अवस्थामा फेला परेको बताउनुभयो ।

बोहरा घाँस काट्ने क्रममा चिप्लिएर भिरबाट लडेको हुनसक्ने स्थानीयको भनाइ छ । घटनाबारे जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय घटमुनाबाट टोली घटनास्थलमा गइसकेको प्रहरी नायब उपरीक्षक हवारीको भनाइ रहेको छ । घटनास्थल पुग्न अझै तीन घण्टा लाग्ने प्रहरी नायब उपरीक्षक हवारीले बताउनुभयो ।