३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री सिंह र खानेपानीमन्त्री यादवबीच मधेसमा खानेपानी समस्या समाधानका लागि छलफल



अ+ अ-

धनुषा। मधेस प्रदेशका मुख्यमन्त्री सतिषकुमार सिंह र सङ्घीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवबीच मधेसमा विद्यमान खानेपानी समस्या समाधानको लागि छलफल भएको छ ।

आज मधेस भवन जनकपुरधाममा उहाँहरूबीच प्रदेशमा विद्यमान खानेपानी समस्या समाधानका लागि दुवै तहका सरकार मिलेर अगाडि बढ्ने विषयमा छलफल भएको थियो ।

छलफलका क्रममा मुख्यमन्त्री सिंहले मधेस प्रदेशका १३६ वटै पालिकामा सुक्खा र खानेपानीको समस्या गहिरिँदै गएकाले दीर्घकालीन योजनासहित मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको थियो ।

मन्त्री यादवले जलवायु परिवर्तनका कारण उत्पन्न भएको सुक्खा समस्या र त्यसले उत्पन्न गरेको खानेपानीको सङ्कट दिनानुदिन गम्भीर बन्दै गएकाले समस्या समाधानका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीय र प्रदेश सरकारले भएका साधनस्रोतको अधिकतम प्रयोग गरी समस्या समाधान गर्न र खानेपानीसँग सम्बन्धित ससर्त योजनालाई तत्काल कार्यान्वयन गर्न आफूले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

छलफलमा प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री शेषनारायण यादवसहित सरोकार भएकाहरूको सहभागिता रहेको थियो । रासस