१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलवायु न्यायको विषय संसद्लगायत मञ्चमा उठाउने कांग्रेस नेता कोइरालाको प्रतिबद्धता



अ+ अ-

काठमाडौँ। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जलवायु न्यायको विषय आफूले संसद्लगायत विभिन्न मञ्चमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मानवअधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालयमा आज आयोजित छलफल कार्यक्रममा उहाँले जलवायु परिवर्तनको प्रभाव सबै क्षेत्रमा पर्ने भएकाले यो मुद्दा सबै मञ्चमा उठाएर जागरण फैल्याउनुपर्नेमा जोड दिनुभयो ।

जलवायु परिवर्तन हालको मुख्य मुद्दा भएकाले यसमा सरोकार भएका सबै निकायले काम गर्नुपर्ने नेता कोइरालाको भनाइ थियो । संविधान संसोधनका सन्दर्भमा शान्ति समाजले अघि सारेको एजेण्डा महत्त्वपूर्ण भएको पनि उहाँले बताउनुभयो ।

समाजका सभापति रेनुका पौडेलले संस्थाको गतिविधिकाबारे जानकारी दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य रोजिना विष्टले जलवायु न्यायसम्बन्धी शान्ति समाजको १० बुँदे धारणा प्रस्तुत गर्नुभएको थियो । समाजले संविधान संशोधनका गर्दा समेट्नुपर्ने विषयबारे अभियान सञ्चालन गर्दै आएको छ ।

यसैगरी विगत दुर्ई दशकदेखि प्राकृतिक विपत्तिका दौरान उद्धार, राहत र पुनर्वासका लागि बलियो स्थायी संयन्त्र बनाउनुपर्नेमा जोड दिँदै आइएको समाजका कोषाध्यक्ष चन्द्रमणि बञ्जाराले बताउनुभयो ।

कार्यक्रमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, पूर्वसभापतिहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू र विभिन्न शाखा सदस्यहरूको सहभागिता रहेको थियो ।