१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

गण्डकीमा ७१ प्रतिशत रोपाइँ

गण्डकीमा ७१ प्रतिशत रोपाइँ
अ अ+ अ-

गण्डकी। गत आइतबार सम्ममा गण्डकी प्रदेशमा ७१ दसमलव ०३ प्रतिशत रोपाइँ भएको छ । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार ६६ हजार नौ सय हेक्टरमा रोपाइँ भइसकेको छ ।

सबैभन्दा बढी लमजुङमा ८६ दसमलब २२ प्रतिशत, कास्कीमा ७७ दसमलब ०७ प्रतिशत, नवलपुरमा ७५ दसमलब ३९ प्रतिशत, तनहुँमा ७४ दसमलब ५९ प्रतिशत, बागलुङमा ६७ दसमलब ०२ प्रतिशत, म्याग्दीमा ६५ दसमलब ६९ प्रतिशत, स्याङ्जामा ६२ प्रतिशत, गोरखामा ६१ दसमबल २४ र पर्वतमा ६० प्रतिशत रोपाइँ भएको हो ।

यही असार १५ सम्ममा प्रदेशमा जम्मा २८ प्रतिशत रोपाइँ भएकामा त्यसयता नियमित वर्षा भएपछि दुई सातामै ७१ प्रतिशत पुगेको निर्देशनालयका कृषि अर्थ विज्ञ मनोज पौडेलले बताउनुभयो । साउन पहिलो हप्तासम्ममा अधिकांश क्षेत्रको रोपाइँ सकिने उहाँको भनाइ छ । हिमालपारिको जिल्ला मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धान खेती हुँदै आएको छ ।

यस वर्ष ९४ हजार एक सय ८२ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएको निर्देशनालयले जनाएको छ । गत वर्ष ९६ हजार ५३ हेक्टर र आव २०७९/८० मा ९७ हजार सात सय ६९ हेक्टरमा धान खेती गरिएको थियो । यसले पछिल्लो समय धान खेतीको क्षेत्रफल घट्दै गएको देखाउँछ । घरघडेरीले धानको उब्जाउ क्षेत्र नासिनु, तीब्र सहरीकरणजस्ता कारणले धान खेतीको क्षेत्रफल खुम्चदैँ गएको हो ।

क्षेत्रफल घटेपनि सिँचाइ, खेती प्रणालीमा सुधार, रोककिरा नियन्त्रण, उन्नत बिउ, प्रविधि र मल व्यवस्थापन बेलैमा हुन सके धानको उत्पादकत्व बढ्ने कृषि अर्थ विज्ञ पौडेलले बताउनुभयो । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्खे र चैते गरी झण्डै एक लाख हेक्टरमा धान खेती हुने गरेको छ ।

नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धान खेतीको क्षेत्रफल बढी छ । गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् ।

पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ । गण्डकीमा सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनुसली, सुनौलो सुगन्धलगायत जातका धान खेती गरिन्छ । रासस