१ भाद्र २०८३, सोमबार
,
Latest
विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु राधिका हमालको नयाँ तीज गीत ‘जिन्दगी मालामालै छ’ सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत



अ+ अ-

काठमाडौँ। कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ६८ करोड ९३ लाख बजेट स्वीकृत गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृती गरेको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा डा शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तर  सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताउनुभयो ।

कुलपति ओलीले सबै विश्वविद्यालय (प्रतिष्ठान)हरूले नयाँ आर्थिक वर्षअगावै आगामी आवको  बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृति गर्न दिएको निर्देशनअनुसार छोटो सूचनाका आधारमा विश्वविद्यालयको सभा राखिएको हो ।

आज मात्रै चार वटा विश्वविद्यालय–प्रतिष्ठानको सिनेट सम्पन्न भएको छ भने बुधबारका लागि बाँकी दुई विश्वविद्यालयको बैठक तय भएको छ । रासस