९ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित गर्भवतीको सफलतापूर्बक शल्यक्रिया



अ+ अ-

 

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ। अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। 

अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलालाई  सोमबार दिउँसो २ बजे हेलीकोप्टर मार्फत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो। 
 
१८ हप्ताकी गर्भवती भएकी महिला  भारतको मुम्बईबाट १० दिन पहिले गाउँ फर्केर स्थानीइ क्वारेन्टाइनमा बसेकी थिइन्। क्वारेन्टाइनमा रहँदा बिरामी भएपछि बयलपाटा हस्पिटलमा  भर्ना गरिएको तर अवस्था जटिल भए  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । 

प्राचार्य डा मोदनाथ मरहठ्ठा, उप–प्राचार्य डा अनुप शर्मा लगायत डा प्रदिप थापा, डा अशिष भट्ट सहितको टोलीले गरेको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएसँगै बिहीबारदेखि सबै सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।