४ असार २०८३, बिहीबार
,
Latest
मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न—औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा विचारको बहसलाई बन्ध्याकरण गर्ने होईन, प्रोत्साहन गर्नुपर्छ: उपाध्यक्ष पौडेल प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित देशभरका संस्थाको विवरण अद्यावधिक गर्न निर्देशन अर्थतन्त्रको औपचारिकीकरण र संरचनात्मक सुधारमा सरकारको जोडः अर्थमन्त्री डा. वाग्ले विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी प्रतिनिधिसभाः राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छः अर्थमन्त्री प्रतिनिधिसभाः सुकुमवासी बस्ती हटाउन सेना प्रयोग भएको थिएनः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित गर्भवतीको सफलतापूर्बक शल्यक्रिया



अ+ अ-

 

काठमाडौं । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवतीको शल्यक्रिया सफल भएको छ। अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलाको ठूलो आन्द्राको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। 

अछामकी २५ वर्षीय कोरोना संक्रमित गर्भवती महिलालाई  सोमबार दिउँसो २ बजे हेलीकोप्टर मार्फत नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ल्याइएको थियो। 
 
१८ हप्ताकी गर्भवती भएकी महिला  भारतको मुम्बईबाट १० दिन पहिले गाउँ फर्केर स्थानीइ क्वारेन्टाइनमा बसेकी थिइन्। क्वारेन्टाइनमा रहँदा बिरामी भएपछि बयलपाटा हस्पिटलमा  भर्ना गरिएको तर अवस्था जटिल भए  नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा लगिएको थियो । 

प्राचार्य डा मोदनाथ मरहठ्ठा, उप–प्राचार्य डा अनुप शर्मा लगायत डा प्रदिप थापा, डा अशिष भट्ट सहितको टोलीले गरेको शल्यक्रिया सफल भएको अस्पतालले जनाएको छ। शल्यक्रिया सफल भएसँगै बिहीबारदेखि सबै सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ।