१ भाद्र २०८३, सोमबार
,
Latest
नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र सक्रिय ७७ वटै जिल्लामा पुग्यो ‘सरकारी कुरियर सेवा’, राहदानीदेखि शैक्षिक प्रमाणपत्रसम्म घरदैलोमा मानव बेचबिखन नियन्त्रणका लागि तीन तहकै सरकारलाई सक्रिय बनाउनुपर्छः सांसदहरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन केही समय लाग्छः मन्त्री खड्का



अ+ अ-

एजेन्सी । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले रसुवा भोटेकोशी बाढीबाट क्षति पुगेको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना सञ्चालनमा आउन समय लाग्ने बताउनुभएको छ ।

राष्ट्रिय सभाको मंगलवारको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो । यो आयोजनाको हेडबक्समा पूर्ण रुपमा क्षति भएकाले केही समय अझै लाग्ने बताउनु भयो । उहाँले बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्नुभयो । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुने बताउनु भयो । बाढीका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको जानकारी गराउनु भयो ।

मन्त्री खड्काले भन्नुभयो, ‘बाढीका कारण त्रिशुली नदी करिडोरमा सञ्चालन रहेका केही महत्वपूर्ण जलविद्युत आयोजनाहरु तथा प्रशारण संरचनामा गम्भीर क्षति पुगेको छ । जसका कारण करिव २६० मेगावाट विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा विच्छेद भएको थियो भने सम्भावित आयोजनाहरुमा क्षति पुगेको थियो । ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको छ । क्षतिमा उल्लेख्य आयोजनाहरुमध्ये चिलिमे त्रिशुली, देवीघाट, सूर्यकुण्ड, बुद्ध भूमि, अप्पर मैलुङ लगायतका कुल ९० मेगावाट क्षमता बराबरका जलविद्युत आयोजनाहरु सञ्चालनमा ल्याइएको छ । ६० मेगावाट क्षमता रहेको त्रिशुली ए जलविद्युत आयोजना केही दिनमै सञ्चालन हुनेकुरा जानकारी गराउँछु । सबैभन्दा बढी क्षति भएको १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजना संरचनालाई सञ्चलनमा ल्याउन केही समय लाग्नेछ । हेडबक्समा यसको पूर्ण रुपमा असर भएको छ । पूर्ण रुपले यो क्षति भएको पाइन्छ ।’

मन्त्री खड्काले ट्रान्समिसन लाइनका २२० केभी, १३२, १३३ केभी क्षमताको त्रिशुली ३ बी सवस्टेशन समेत प्रभावित भएको बताउनु भयो ।