४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै सांसद यादवको आपत्ति



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालकी सांसद रेखा यादवले काठमाडौं महानगरपालिकाले कवाड व्यवसायमाथि गैरकानूनी धरपकड गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद यादवले आपत्ति जनाउनुभएको हो ।

अदालतको आदेश विपरीत र कायरतापूर्ण ढंगले व्यवसायीमाथि कारबाही गरिएको भन्दै उक्त कार्य तत्काल रोक्न चेतावनी समेत दिनुभयो । उहाँकाअनुसार रौतहटको राजदेवी नगरपालिकाका स्थायी बासिन्दा तथा हाल काठमाडौं महानगरपालिका–४ मा कवाडी व्यवसाय गर्दै आएका राजाराम शाहको पसलमा महानगरले डोजर लगाएर तोडफोड गरेको छ । उहाँले कदमलाई गैरकानूनी रुपमा कवाड व्यवसायीमाथि कारबाही गरिरहेको भन्दै दोषीमाथि कारबाही गर्न सरकारसमक्ष माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका कायरतापूर्ण हमलाबाट अदालतको आदेशविपरित कवाडी व्यवसायीहरुमाथि हमला भएको छ । सभामुख महोदय हिजो असार ३० गते रौतहट राजदेवि नगरपालिका घर भई हाल काठमाडौं महानगरपालिका वडा नंं ४  कवाडी व्यवसाय सञ्चालन गर्दै आएका राजाराम शाहको कवाडमा काठमाडौं महानगरपालिकाले डोजर चलाएर तोडफोड गरेको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको कायरतापूर्ण व्यवहारको हाम्रो पार्टी घोर भत्सना गर्दछ । साथै गैरकानूनी हमलामा संलग्न अपराधीहरुलाई कारबाही गर्नको लागि विशेष आग्रह पनि गर्दछौं ।’    

उहाँले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन कृषि मन्त्रीको समेत ध्यानाकर्षण गराउनु भयो ।