१ भाद्र २०८३, सोमबार
,
Latest
महासंघका अध्यक्ष श्रेष्ठ र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता जापानिज इन्सेफलाइटिसबाट मृत्यु हुनेको सङ्ख्या १६ प्रदेश मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ नायिका करुणा पाण्डेको तीज गीत ‘मेरै मायाको प्यारी हुने हो’ सार्वजनिक विमानस्थलबाट निगमका दुई कर्मचारी पक्राउ सरकार जनअपेक्षा सम्बोधन गर्न पूर्ण रूपमा असफलः एमाले सांसद राई सरकारले परिणाम देखाउनुपर्छ, पुराना दललाई दोष दिएर उम्किन मिल्दैनः अध्यक्ष राई नेपाल विद्युत प्राधिकरणको जडित क्षमता ४ हजार १२० मेगावाट पुग्यो, वार्षिक नाफा ५ अर्ब ४… रास्वपाले संसद बैठकमा सांसदको उपस्थिति व्यवस्थित गर्न गर्‍यो नयाँ व्यवस्था काभ्रे जीप दुर्घटनाः मृतकको पहिचान खुल्यो , घाइते पाँचजनालाई धुलिखेल अस्पताल ल्याइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

तुइनको डोरी चुडिएर महाकाली नदीमा खसेर बेपत्ता



फाईल फोटो
अ+ अ-

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर एक जना पुरुष बेपत्ता भएका छन् ।

ब्याँस गाउँपालिका–२ तल्लो दुम्लिङ्गका २८ वर्षिय नारायण बुढाथोकी दुम्लिङ्ग (नेपाल)बाट भारततर्फ तुइन मार्फत जाँदै गर्दा डोरी चुडिएर महाकाली नदीमा खसेका हुन् ।

नेपालतर्फ दुम्लिङ्ग र भारततर्फको गर्भाधार क्षेत्रमा वारपार गर्न अवैध रुपमा तुइन लगाउने गरेको पाइएको छ ।

बेपत्ता नारायणसँगै अन्य दुई जना स्थानीय एकै पटकमा तुइन तरिरहेका बेला डोरी चुडिएको बताइएको छ । सँगै तुइन तरिरहेका उनीहरुमध्ये दुई जना सकुशल छन् भने नारायण महाकालीमा खसेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

घटना मध्यान्ह १२ बजेतिरको भएको हो ।

बेपत्ता नारायणको खोजीकार्यका लागि मातहत प्रहरी युनिटहरुलाई निर्देशन दिइएको छ ।