२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानूः राप्रपा प्रमुख सचेतक शाही



अ+ अ-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचतेक ज्ञानबहादुर शाहीले भ्रष्टाचार आरोपी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल पक्राउ गरी छानविन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद शाहीले सार्वजनिक भएको मन्त्रीको अडियो प्रकरणको छानविनका लागि सम्बन्धीत मन्त्रीलाई प्रक्राउ गर्न माग गर्न माग गर्नुभएको हो । उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र गृहमन्त्रालयका निकायहरू समेत भ्रष्टाचार जस्तो गम्भीर विषयमा मौन रहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले वर्तमान सरकारले भ्रष्टाचार गरेर विश्व किर्तिमान राखेको व्यंगात्मक टिप्पणी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पहिले पहिले एउटा चलन थियो, अहिले पनि छ । ज्ञान नपाए काँसी जानू, न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओली सरकारको क्याबिनेटमा आउनू ! मन्त्रीको अडियो टेप आएको छ, पैसा बुझाएको छ, मन्त्रीले राजीनामा दिएर स्वीकृत हुन्छ ? हामीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग बनाएका छौं योद देशमा । आयोगले के गरेर बसेको छ सम्माननीय सभामखु महोदय ? गृहमन्त्रालयगतका युनिटहरुले के हेरेर बसेका छन् ? मन्त्रीले राजीनामा दिने बित्तिकै समस्या समाधान हुन्छन् ? मन्त्रीलाई तत्काल पक्राउ गरियोस् र छानविन गरियोस् । त्यति मात्र होइन अन्य मन्त्रीमाथि पनि छानविन गरियोस् ।’ 

उहाँले ज्ञान नपाए गोरखा तथा भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा जानू भन्दै टिप्पणी समेत गर्नुभयो ।